• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

शम्भुनाथलाई स्मार्ट सिटी बनाउन स्थानीय चासो अपरिहार्य: पूर्वमन्त्री लेखी 

शम्भुनाथलाई स्मार्ट सिटी बनाउन स्थानीय चासो अपरिहार्य: पूर्वमन्त्री लेखी 
न्यूज टुडे
राजविराज,३० कार्तिक ।
मधेश प्रदेशका पूर्व गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले शम्भुनाथ नगरपािकालाई स्मार्ट सिटी बनाउने अवधारणालाई सार्थक पार्न स्थानीय जनप्रतिनिधिहरुले बढी जासो दिनुपर्नेमा जोड दिएका छन्।  सप्तरीमा आईतवार शम्भुनाथ नगरपालिकाको स्मार्ट सिटी अवधारणा सम्बन्धि मधेश प्रदेश स्तरीय  छलफल  कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 
कार्यक्रमका सहभागीहरु । फोटो: न्यूज टुडे
कार्यक्रममा बोल्दै पूर्वमन्त्री लेखीले स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको उदासीनताले मधेशका प्रमुख  शहरहरू विकासमा पछाडी पारेको वताए।  उनले राजविराज, सिरहा, मलंगवा, गौरलगायतका पुराना शहर स्थानीयले चासो नदिएका कारण अपेक्षित विकास हुन नसकेको टिप्पणी गरे ।  फत्तेपुर, महुली, बर्दिवास, निजगढ, पोखरा जस्ता शहरको विकास स्थानीयको सक्रियताले नै भएको जिकिर गर्दै उनले शम्भुनाथ नगरपािकालाई स्मार्ट सीटी बनाउन स्थानीय जनप्रतिनिधि तथा स्थानीयबासी र  सरोकारवाला बढी जिम्मेवार हुन अपरिहार्य रहेको बताए। 
२०७३ सालमा शम्भुनाथलाई स्मार्ट सिटी बनाउने संघीय सरकारले योजना ल्याएपनि अहिलेसम्म यसको प्रारम्भिक कार्य सुरु नहुनाले जनप्रतिनिधि तथा स्थानीयले गम्भीरता नदेखाएकोप्रति उनले अव सबैले ध्यान दिनुपर्ने भन्दै यसका लागि आफ्नो पूर्ण सहयोग रहने स्पष्ट पारे ।
दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले शम्भुनाथलाई स्मार्ट सिटी बनाउने कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले मधेश प्रदेशकै दुई नगरपालीका शम्भुनाथ र मिर्चाया छनौट हुँदा समेत शम्भुनाथमा काम हुन नसकेको भन्दै यसमा जनप्रतिनिधि हरुको ध्यानाकार्षण गराए । 
दलित सरोकार मञ्चका कार्यक्रम संयोजक मनिष कोईरालाले २०६७/ २०७८ सालमा स्मार्ट सिटीको अवधारणा ल्याएको शम्भुनाथ नगरपालिकालाई २०७३ सालमा स्मार्ट सिटी घोशणा गरी सरकारले ८ हजार बजेट समेत विनियोजन गरेको जानकारी दिए । 
दलित सरोकार मञ्च नेपालद्वारा आयोजित कार्यक्रमा शम्भुनाथ नगरपालिकाकी कार्यबाहक मेयर अनिता कुमारी चौधरी, चलचित्र तथा लोकासञ्चार मधेश प्रदेशका अध्यक्ष किशोर कुमार लेखी,मीडिया काउन्सिल मधेश प्रदेश सदस्य मनु पासावान लगायतकाकाले शम्भुनाथ नगरपालीकालाई स्मार्ट सिटी बनाउन जनप्रतिनिधिहरु अग्रसर हुनुपर्नेमा जोड दिए । 
शम्भुनाथ नगरपालिकाका जनप्रतिनिधि, संचारकर्मी लगायतका स्थानीय बुद्वीजीबीहरु सहभागी कार्यक्रमको सञ्चालन दलित सरोकार मञ्चका सचिव राज कुमार पासवानले गरेका थिए ।