न्यूज टुडे
राजविराज, २१कार्तिक ।
गस्तीमा रहेका प्रहरी जवान दिपक सह सोनारलाई कुटपिट तथा अभद्र व्यवहार गर्ने दुइजना युवक पक्राउ परेको छ । राजविराज नगरपालिका ६ का २१ बर्षिय लालू कुमार चौधरी र सोही ठाउँका २२ बर्षिय विशाल चौधरीलाई बिहिवार नियन्त्रणमा लिएको हो ।
प्रहरी जवान सोनार बजार डिउटी सकेर एक्लै बर्दीमा कोठा तर्फ जाँदै गरेको अवस्थामा बिहिवार युवाहरुले आक्रमण गरेका थिए ।
पक्राउ परेका युय्वाहरुमाथि अभद्र व्यवहार कसुर मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालय सप्तरीबाट ५ दिनको म्याद थप भइ अनुसंधान अगाडी बढाएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।