रामनाथ यादव
राजविराज , २९ कार्तिक
सामुदायिक विद्यालयकाे वालविकासकाे अवस्था र वाल शिक्षिका प्रति संघीय सरकार र स्थानीय सरकारकाबीच रहेको मतभेदका कारण वालविकासका शिक्षक र वाल बालविकास शिक्षाकाहरूले विभिन्न चुनाैतीकाे सामना गर्दै आएका छन् । वालवालिकाहरुलाई पढाउँन , सिकाउन,खेलाउन जोखिमको वीच बालविकास शिक्षाकाहरूले जिम्मेवारी वहन गर्दै आएका हुन्।
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ७ स्थित राष्ट्रिय आधारभूत विद्यालय मंसापुरमा वालविकासमा ६६ जना वालवालिका मध्ये ५५ जना उपस्थित रहेकाे छ । एक जना वालशिक्षकमा दाेबर विद्यार्थी रहेकाेले वालवालिकाहरुलाई पढाउँन , सिकाउन,खेलाउन जोखिमपूर्ण अवस्था रहेकाे बाल शिक्षिका रेणु देवी मंडल वताउँछीन । खेल, गीत, चित्र र कथाको माध्यमले बालकक्षामा हुने रमाइलो वातावरण वनाएर सिकाउने गरेकाे बाल शिक्षिका मंडलले बताइन्।
बालबालिकालाई दैनिक दुई घण्टा पढाइका अतिरिक्त विभिन्न खेल खेलाएर र नाचगानको माध्यमले विद्यालयले प्रोत्साहन गर्दै आएको उनको भनाइ छ ।
उनले वर्षौ देखि ४ किलोमिटर याेगिनियाँ गाउँवाट वच्चा लिएर कक्षामा वच्चालाई कक्षामा सुताएर पढाउँदै आएकाे दु:खेसाे सुनाए । उनकाे घरमा वच्चा राख्ने व्यक्ति नभएर गरिवीका कारण विद्यालयमा वच्चा लिएर आउनु पर्ने वाध्यता रहेकाे उनी बताउँछिन् । एक्लै ५५ जना वालवालिकालाई पढाउँदै , एक शिक्षककाे जिम्मेवारी निर्वाह गरिदै आएकाे रेणुले बताइन् ।
विद्यालयका प्रधानाध्यापक जितेन्द्र मंडलले वालविकास कक्षामा वढी वालवालिकाहरु भएकाेले एक जना अझै वालशिक्षककाे आवश्यक रहेकाे वताए । ‘यस विद्यालयमा विद्यार्थीकाे चाप वढी रहेकाे छ । बालबालिकाकाे पहुँचका लागि अझै बालविकास कक्षाकाेठा र शिक्षककाे आवश्यक छ’ प्रअ. मंडलले भने ।
कतिपय विद्यालयमा कक्षा कोठा, शिक्षक र विद्यार्थी संख्या लगायतका समस्याले गर्दा बालकक्षा र कक्षा १ एकै ठाउँमा राखेर पढाउँने गरेकाे छ । बालविकास केन्द्रमा विभिन्न क्रियाकलाप गराउने, खेल खेलाउने, विभिन्न सिकाइ सामाग्रीको व्यवस्था गर्ने भनिए पनि कार्यान्वयन पक्ष कमजोर रहेको शिक्षिका मण्डलले बताइन्।
विद्यालयको बालकक्षालाई सफा, हेर्न, सुन्न र खेल्दै पढ्ने गर्ने बाताबरणसहित शैक्षिक सामग्री रहेकाे विद्यालयले जनाएकाे छ । शिक्षकलाई तालिमदेखि शैक्षिक सामग्री उपलब्ध गराउने, उनीहरुलाई सहज हुने गरी ठाँउसहित बालकक्षा सुधारिएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु मंडलले बताए ।