• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

खानेपानी संस्थान राजविराजमा तालाबन्दी

खानेपानी संस्थान राजविराजमा तालाबन्दी
न्यूज टुडे
राजविराज, ३० कार्तिक ।
सप्तरीका युवाहरुले नेपाल खानेपानी संस्थान राजविराज शाखा कार्यालयमा तालाबन्दी गरेका छन् ।  जेनजी अगुवा मो. मुस्तकिम आलम नेतृत्वमा पुगेका युवाहरुले आइतबार खानेपानी संस्थानको कार्यालयमा तालाबन्दी गरेका हुन् । 
खानेपानी संस्थानलाई  कमजोर गर्ने खेल भइरहेकोले  यसको सुधारका लागी दवाव स्वरुप कार्यालयमा तालाबन्दी गरेको जेनजी अगुवा आलमले बताए । 
कार्य कुसल भएका निमित्त प्रमुख राजाराम यादवलाई  सरुवा गरि संस्थानलाई नेतृत्व विहीन गरि कामकाज प्रभावित गर्ने खेल सुरु भएकोले आन्दोलनमा उत्रिन बाध्य भएको युवाहरुको भनाइ छ ।
 उनीहरुले खानेपानी संस्थानलाई कमजोर गर्ने कार्य  स्वीकार्य नहुने बताए ।  पहुँचको आधारमा कर्मचारी फेरबदल हुँदा नगरबासीले ठूलो मार खेप्नुपरेको उनीहरुको भनाइ छ । 
कोही १८ बर्षदेखी डेरा जनाएर बस्ने र कार्यालय तथा जनहीतको पक्षमा काम गर्ने कर्माचारीलाई सरुवा गर्नुमा ठूलो चलखेलबाट भएको बताउदै उनीहरुले शान्तिपुर्ण रूपमा माग सम्बोधन नभए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । 
यस अघि  युवाहरूले जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत शुक्रबार नेपाल खानेपानी संस्थान त्रिपुरेश्वर काठमाण्डौलाई ज्ञापनपत्र  बुझाउँदै आन्दोलनको  चेतावनी दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत नेपाल खानेपानी संस्थानका  महानिर्देशकलाई पठाइएको  ज्ञापनपत्रमा कार्यलय प्रमुख  राजाराम यादवलाई यथावत राख्न जोडदार माग गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई बोधार्थ दिइएको  ज्ञापनपत्रमा  जनभावना विपरीत गतिविधि गरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिइएको थियो ।