• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गजेन्द्र नारायण सिंह अस्पातालमा तोडफोड र आगजानी, अबस्था अझै तनावग्रस्त 

गजेन्द्र नारायण सिंह अस्पातालमा तोडफोड र आगजानी, अबस्था अझै तनावग्रस्त 
न्यूज टुडे 
राजविराज, २३ कार्तिक।
सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा आईतबार एक समूहले आगजानी तथा तोडफोड गरेको छ। उपचाररत एक बालकमाथि विजुलीको बल्ब झरेर लागेपछी उनका आफन्तहरुले अस्पतालमा आगजानी तथा तोडफोड गरेको हो । 
साँझ एनआइसियू वार्डमा बल्ब झरेर आजै जन्मेर अस्पतालमा भर्ना भएका रूपनी गाउँपालिका हर्दियाकी रेखा यादवको शिशुमाथि लागेको थियो। सोही विषयलाई लिएर अस्पतालमा तोडफोड भएको अस्पाताल प्रशासनले जनाएको छ । 
बिजुलीको चिम (बल्ब) झरेर शिशुलाई लागेपछि बालकका एक आफन्तले अस्पतालका निमित्त मेसु दिलीप साहलाई हातपातको प्रयाससमेत गरेका जनाएको छ ।
आक्रमणकारी रुले  अझै ढुङ्गा मुढा गरिरहेका छन् भने बाक्लो सुरक्षाकर्मी हरुको उपस्थितिमा नियन्त्रणको प्रयास भइरहेको छ ।  हाल अस्पतालको अवस्था तनावपूर्ण रहेको छ ।