• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सबै आ -आफ्नो दुनो सोझ्याउने दाउमा छन् : रघु सिंह

सबै आ -आफ्नो दुनो सोझ्याउने दाउमा छन् : रघु सिंह
न्यूज टुडे
राजविराज,२२ असाेज। 
वेथिति विसंगति विरुद्ध संघर्ष समितिका अगुवा रघु कुमार सिंह थारुले हाल बदलिएको परिस्थितिमा पनि आ-आफ्नै दुनो सोझ्याउने  क्रियाकलामा लिप्त हुँदा जनस्तरबाट सम्पूर्ण जनप्रतिनिधिको राजिनामाको माॅग उठिरहेको बताएका छन्।  सामाजिक संजालमा बुधवार एक स्टाटस लेख्दै जनप्रतिनिधि असक्षम हुनको कारण बारे उनले यस्ताे  टिप्पणी गरेका हुन्। 
‘अग्नीसाईर कृष्णासवरन गा.पा.सप्तरीको बेथिति, बिसंगति र अनियमितताको विरोधमा बिगत देखिनै भईराखेको बेथिति बिरुद्ध खवरदारी गर्न संघर्ष समिति मार्फत बिरोधका कार्यक्रम हुंदै आइरहेको छ तर जनप्रतिनिधिबाट कुनै किसिमको सुनुवाइ भएन यो दुखःद कुरा हो’ उनले लेखेका छन् ‘बेथिति र भ्रष्टाचार मौलाउदै गएको अवस्था छ। हाल बदलिएको परिस्थितिमा पनि आआफ्नै दुनो सोझ्याउने  क्रियाकलाहरूमा लिप्त छ।जसले गर्दा जनस्तरबाट सम्पूर्ण जनप्रतिनिधिको राजिनामाको माॅग उठिरहेछ। ‘
संघर्ष समिति लगायत अन्य निकाय चरणबद्ध आन्दोलनमा उत्रेका छन।तर पनि यी असक्षम जनप्रतिनिधिहरुले गम्भीरता पुर्वक लिएको देखिँदैन।, उनले  उल्लेख गरेका छन् 
उनले यो कुराबाट यीनीहरु असक्षम छ भन्दै बुँदागत टिप्पणी गरेका छन्। 
‘गापा अधिवेशन (गाउँ सभा)समयमा गराउन नसक्नु,
विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न नसक्नु,
खडेरीको लागी योजना ल्याउन नसक्नु,कृषि विकासको कुनै योजना ल्याउन नसक्नु,भौतिक पूर्वाधार निर्माणमा बजेट ५०%पनि सदुपयोग गर्नु नसक्नु असक्षमको कारण उनले उल्लेख गरेका छन् । 
यसैगरी बृद्धा भत्ता ( सामाजिक सुरक्षा) समयमा बितरण गर्न नसक्नु,शिक्षक, कर्मचारीको तलब समयमा दिन नसक्नु,कार्यालय समयमा कर्मचारी नबस्नु,गापाबाट पाउने सेवा सुबिधा शुलभ ढङ्गबाट उपलब्ध नहुनु,गापाको प्रोफाइल तयार गर्न नसक्नु,सुचनाको हकबाट वञ्चित गराई शुशासनको प्रत्याभुति गराउन नसक्नु,गापा अध्यक्ष दारु ( रक्सी) मा मस्त, बाॅकी सबै कमिशनमा ब्यस्त (कर्मचारी समेत) हुनु असक्षमताको कारण उनले औँल्याएका छन्।