• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनी गाउँपालिकामा टोलटोल पुगेर विद्यार्थीलाई पढ्न विद्यालय पठाउन आग्रह

रुपनी गाउँपालिकामा टोलटोल पुगेर विद्यार्थीलाई पढ्न विद्यालय पठाउन आग्रह
नर्मदेव यादव
रूपनी, २२ असोज। 
रुपनी गाउँपालिकामा टोलटोल पुगेर विद्यार्थीलाई पढ्न पठाउन आग्रह गरिएको छ  । रुपनी गाउँपालिका अध्यक्ष  दिनेश कुमार यादवको नेतृत्वमा बुधबार विद्यार्थी तथा अभिभावकलाई भेटेर यस्तो आग्रह गरिएको हो । 
 रुपनी गाउँपालिका वडा नम्बर २ स्थित लौवापारका  दलित बस्ती मंडलटोल मुसहरटोल,धनकौवाही टोल,राम टोल,स्कुलका सम्पुर्ण विद्यार्थीहरुलाई घर घर पुगेर  पढ्न पठाउन अभिभावकलाई आग्रह गरेको टोलीमा सहभागी राप्रावि लौवापारका अध्यक्ष  भुकुर मंगलले बताए। 
टोलीले बिद्यार्थीहरुलाई सम्झाउदै सबै बिद्यार्थीलाई समयमा विद्यालय पठाउन र  वेलुका विहान २ घण्टा घरमा पढ्ने पढाउने गराउन अभिभावकलाई आग्रह गरे । 
स्कुल नजाने बिद्यार्थीहरुलाई गाँउपालिकाबाट दिने सेवासुविधा रोक्ने चेतावनी दिँदै टीलीलें  यो अभियान रुपनी गाउँपालिकाको प्रत्येक टोलटोलमा घर दैलोमा पुर्याउने बताए। 
उक्त अवसरमा विद्यार्थीलाई कुलतबाट टाढा राखी नियमित विद्यालय पठाउन अध्यक्ष यादवले अनुरोध समेत गरेका छन्।  अभियानमा जनप्रतिनिधि संचारकर्मी, शिक्षाप्रेमी लगायतका शैक्षिक अभियन्ताहरुको समेत सहभागिता रहेको थियो ।