न्यूज टुडे
राजविराज,०८ असोज ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थिति उमरीचोकमा बुधबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ। काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।
सडकको बायाँ साइडमा पल्टिँदा १० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। बसमा ३५ जना यात्रु सवार रहेका थिए ।
घाइतेहरुलाई तत्काल उद्धार गरी चन्द्रौटास्थित सञ्जिवनी अस्पतालमा उपचारका लागि पठाइएको छ।
घाइतेहरुको थप विवरण संकलन भइरहेको तथा बस दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।