न्यूज टुडे
राजविराज,२१ असोज ।
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, क्षेत्रीय कार्यालय राजविराजले २५ बर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउने भएको छ । सेवा केन्द्रको २५ औं स्थापना दिवसको अवसरमा राजविराजमा असोज २५ गते भव्य समारोहको आयोजना गरी रजत जयन्ती मनाउन लागेको हो ।
सेवा केन्द्रको राजविराज स्थित क्षेत्रीय कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरी रजत जयन्तीको अवसरमा चार दिवसीय कार्यक्रम गर्न लागेको आयोजकले जानकारी दिएको छ ।
ब्रह्म कुमारी राजयोग सेवा केन्द्र क्षेत्रीय कार्यालय राजविराजकी निर्देशक भगवती दिदीले असोज २२, २३, २४ र २५ गते चार दिवसीय कार्यक्रम गरिने जानकारी गराइन् । उनले सुभावना, सद्भाव, राजविराजबासी सहयोगी छन् भन्ने संदेश प्रवाह गर्ने उद्देश्यले राजयोग शिविर तथा रजत जयन्ती मनाउन लागेको बताइन्।
सप्तरीबासी सबैको स्नेह माया र सहयोगले २५ औं वर्षमा पुगेको बताउँदै उनले सहयोगी हातहरुलाई धन्यवाद दिइन्। कार्यक्रममा सबैलाई सहभागीताको लागि आग्रह गर्दै उनले जनजनमा खबर पुर्याएर सहयोग गरिदिन संचारकर्मी तथा सम्पूर्ण सप्तरीबासीलाई अनुरोध गरिन् ।
असोज २२ गतेदेखि राजविराज स्थित राज रंगशालामा हुने कार्यक्रममा बिहान ७ देखि ९ र दिउँसो ३-५ बजेसम्म शिविर संचालन गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए ।
क्षेत्रीय कार्यालयका निर्देशक एबम् समाजसेवा विभाग प्रमुख रन्जु दिदीले नेपाल तथा भारतबाट पनि ब्रह्मकुमारी प्रतिनिधिहरु सहभागी हुने बताइन्। रजत जयन्ती समारोहकाे ब्रह्मकुमारीज नेपालकी निर्देश्क राजयोगिनी डा. राज दादीमाँ र सह निर्देशक एवं सिमाञ्चल एबम् जोगवनी सब जोन प्रभारी किरण दिदीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिइन्।
कार्यक्रममा प्रमुख वक्ताको रुपमा ब्रह्मा कुमारी राजयोग केन्द्रका मुख्य प्रशिक्षक राजु घले रहने जनाइएको छ । कार्यक्रम संचालन मीडिया प्रभारी पत्रकार दिनानाथ यादवले गरे ।
पत्रकार सम्मेलनमा प्रज्ञा पीता ब्रह्म कुमारी इश्वरीय विश्वविद्यालय माउन्ट आबु राजस्थानका सदानन्द भाइजी, शिव भाईजी लगायतका राजयोगी तथा राजायोगीहरुको उपस्थिती थियो ।