• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तकोशी नदीमा पानीको बहाव ३ लाख क्यूसेक नाध्यो 

सप्तकोशी नदीमा पानीको बहाव ३ लाख क्यूसेक नाध्यो 
न्यूज टुडे
राजविराज, १९ असोज ।
देशभर भएको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव ३ लाख क्यूसेकबढी नाघेको छ । आइतबार बिहान ८ बजे गरिएको मापनअनुसार पानीको बहाव ३ लाख ३५ हजार ३ सय ६० क्यूसेक पुगेको हो ।
कोशी ब्यारेज कन्ट्रोल शाखाका एक अधिकारीका अनुसार समान्यभन्दा अहिले पानीको बहाव तीन गुणाले बढेको बताए । उनले पुलबाट आवतजावत गर्न रोक लगाउने अवस्था अहिलेनै आएको छैन भन्दै आवतजात संचालनमा रहेको जानकारी दिए । 
नदीमा पानीको बहावले शनिबार राति नै खतराको सतह पार गरेपछि खतराको संकेतस्वरूप ब्यारेजमा रातो झण्डा र बत्ती बालिएको सचेत गराइएको बताए।
‘नदीमा एक लाख ५० हजार क्यूसेक बहाव नाघेपछि रातो झण्डा र बत्ती बाल्ने गरिन्छ’ उनले भने,’अहिले ब्यारेजका ५६ मध्ये ५० वटा ढोका खुला गरिएको छ ।’
उनले बहाव अझै उच्च रुपमा वृद्धि भइरहेकोले उच्च सतर्तता अपनाई व्यवस्थापनमा लागिएको बताए।