तेली समाजले प्रधानमन्त्री कार्की र एमाले नेता थापाको अभिव्यक्तिप्रति घोर आपत्ति जनाएको छ । तेली कल्याण समाज नेपाल सप्तरीद्वारा राजाविजमा शनिबार आयोजित ३१ औं तेली मित्र मिलान समारोहमा सहभागी वक्ताहरुले यस्तो आपत्ति जनाएका हुन्।
कार्यक्रमा सहभागीहरु । फोटो: न्यूज टुडे
कार्यक्रममा बोल्दै वक्ताहरुले पधानमन्त्री शुशिला कार्की, नेकपा एमालेका नेता सुर्य थापाले तेली जातिलाई होच्याउने गरी सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिको घोर निन्दा गर्दै कडा रूपमा आपत्ति जनाएको छ।
प्रत्येक वर्ष झै यसवर्ष पनि विजया दशमी, दीपावली, छठ पर्वको शुभकामना आदानप्रदान सहित आयोजित समारोहमा स्वजाती समाजभित्र विकृति, विसंगति, कुरीति न्यूनीकरणमा वक्ताहरुले जोड दिए । वक्ताहरुले दाइजो प्रथा, घरेलुहिंसा, लैङ्गिक हिंसा न्युनिकरणमा जोड दिँदै जातिय उत्थानको लागि शिक्षामा जोड दिए ।
तेली समाज सप्तरीका अध्यक्ष अमृतलाल साहको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उम्मदेश्वरप्रसाद साह, विश्व हिन्दु परिषद सगरमाथा अञ्चल प्रभारी रामकिसुन साह, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, पूर्वप्रदेश सांसद नेत्रविक्रम साह, साह सेवा सदन अध्यक्ष योगेन्द्रप्रसाद साह, सदनका पूर्वअध्यक्ष रामचन्द्र साह, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष धीरेन्द्रप्रसाद साह, समाजका पूर्वअध्यक्ष भोला साह, समाजको पूर्वउपाध्यक्ष राजकुमार गुप्ताले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी खडक नगरपालिका अध्यक्ष सुरतलाल साह, शम्भुनाथ नगरपालिका अध्यक्ष तथा वार्ड नं ४ का अध्यक्ष विजयकुमार साह, हनुमाननगर कंकालिनी नगरपालिका अध्यक्ष तरुणकुमार साह, क्षेत्र १ सभापति विक्रम साह, जनमत पार्टी सप्तरी इन्चार्ज रामगमन साह, आम जनता पार्टीका जिल्ला अध्यक्ष प्रभु साह, साह शिक्षक तथा कर्मचारी मिलन केन्द्रका सल्लाहकार शिक्षक सुभास साह, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव शम्भुप्रसाद साह, नेपाल वैश्य महासंघ जिल्ला अध्यक्ष श्याम साह, साह महिला संगठनका अध्यक्ष प्रमिला साह लगायतले समेत शुभकामना मन्तब्य ब्यक्त गरे ।
अधिवक्ता डोमन साहद्वारा संचालित कार्यक्रममा तेली समाजको विकासका लागि सहयोग पुर्याउने पूर्वप्रदेश सांसद नेत्रविक्रम साह, साह सेवा सदन अध्यक्ष योगेन्द्रप्रसाद साह, रामविलास साह, सदनका सचिव बेचनकुमार साह, पूर्व कोषाध्यक्ष कामेश्वर साह, प्रधानाध्यापक रवीन्द्र साह, इन्जिनियर रामनारायण साह लगायतलाई सम्मान गरिएको छ।
यसैगरी अबकाश प्राप्त शिक्षक तथा कर्मचारीहरु तेतर साह , दाना लाल साह, प्रेमशिला देवी साह, हरेकृष्ण साह, श्यामनारायण साहलाई सम्मान गरिएको छ।
कार्यक्रम तेली कल्याण समाज नेपाल सप्तरी, साह सेवा सदन, साह शिक्षक तथा कर्मचारी मिलन केन्द्र, साह महिला संगठन, साह युवा संगठनले संयुक्त रूपमा आयोजना गरिएको थियो ।