न्यूज टुडे
राजविराज, १७ असोज ।
राजविराजमा शुक्रबार अन्तर्राष्ट्रिय देव महासम्मेलन शुरु भएको छ। राजबिराज–६ स्थित बागेश्वरी मन्दिर परिसरमा देव महासम्मेलन आयोजना गरिएको हो ।
महासम्मेलन आयोजक समितिका संयोजक इञ्जिनियर इन्द्र नारायण देवको अध्यक्षता तथा पूर्व मुख्य न्यायाधीश कमानन्द देवलेको प्रमुख आतिथ्यमा एक समारोहकाबीच महासम्मेलन उद्घाटन गरेको थियो।
कार्यक्रममा प्रमुख अतिथी पूर्व न्यायाधीश देव, पूर्व मन्त्री जितेन्द्र नारायण देव, पूर्व उपसभामुख उपमा देव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
तीन दिनसम्म चल्ने महासम्मेलनमा अन्तराष्ट्रिय देव महासम्मेलनका सह संयाेजक ईन्द्र कुमार देव, बिराट देव सेवा समिति अध्यक्ष राजेन्द्र प्रसाद देव, झापा चिरन्जिवी प्रसाद देव, काठमाण्डौ देव समाज महेश प्रसाद चाैधरी, काठमाण्डौ देव समाजका ध्रुव देव, मटयाहनी मुखिया प्रदिप देव, गुढी संस्थान निर्देशक नारायण चाैधरी, सेभद सप्तरी ध्रुव प्रसाद देव, सल्लाहाकार डा कमान्नद देव, भवानी सेवा समिति प्रताप नारायण चाैधरी, राजबिराज वडा १३ का अध्यक्ष त्रिलाेकिनाथ चाैधरी, वडा १६ का वडा अध्यक्ष रामएकवाल यादब लगायतका नेपाल तथा भारतका विभिन्न स्थानबाट प्रतिनिधिहरुको सहभागीता रहेको आयोजकले जनाएको छ ।
महासम्मेलनमा देव समुदायको हकहितका लागि एउटै साझा संगठन बनाउने, भाषिक, धार्मिक तथा सांसकृतिक एकरूपता ल्याउँदै पहिचान, प्रतिनित्व र अधिकार लागि गोलबद्ध हुन सामूहिक नीति बनाउने बारे छलफल गरिने बताइएको छ ।