• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

भिमारकी शचिकला कंकालिनी मन्दिरमा लुटिइन् : घटना छानविन गर्न सहयोग गर्ने मन्दिर समितिको प्रतिबद्धता 

भिमारकी शचिकला कंकालिनी मन्दिरमा लुटिइन् : घटना छानविन गर्न सहयोग गर्ने मन्दिर समितिको प्रतिबद्धता 
न्यूज टुडे
राजविराज,१७ असोज । 
सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिका ५ भिमारकी शचिकला चौधारी कंकालिनी मन्दिरमा लुटिएकी छन्।  छिमेकीहरुसंगै बिहीबार दशमीको दिन मन्दिर दर्शनका लागि पुगेकी उनी दिनदहाडै लुटिएकी हुन्।
दुईवटा सिटी रिक्सामा १० जनाको समूहमा मन्दिर दर्शन गर्न पुगेकी चौधारी दिउँसो १ बजे लुटिएकी थिइन्। 
‘सबैजना मन्दिर पुगेर दर्शनका लागि भित्र पस्दै थियौ, एकजना अपरिचित व्यक्तीले कम्बरमा बाँधेको पर्सबाट मोबाइल झिके’ उनले भनिन्,”मोबाइल लुटेरालाई समातेर त्याँहा भएको मानिसलाई जिम्मा लगाऔं तर उनले मोबाइल फिर्ता गउनुभन्दा उल्टै लुटेरसँग मिलेर धम्की दियो।’
उनले प्रहरीलाई खबर गरे साथीहरु सबैको ज्यान लिने धम्की दिएपछि तत्काल प्रहरीलाई खबर गर्न डर भएको बताइन्। मोबाइल फिर्ता गराइदिन व्यापारी, स्थानीय प्रहरीलाई खुट्टा समातेर हारगुहार गर्दा सुनुवाइ नभएको उनले गुनासो गरिन्। 
उनका अनुसार नविल बैंक र कामना बैंकको मोबाइल बैकिङ सेवा सोही मोबाइलबाट सञ्चालन थिए ।  मोबाइलमा लाखौं रकम भएकोले आफ्नै अगाडि मोबाइलको लक तोडेर प्रहरीलाई समेत पैसा दिने भनी प्रभावमा पारेको उनको आरोप छ । 
लुटिएपछी आफूसित पैसा नभएपछी सबैजना हिँडेर राती ८ बजे मात्र घर आइपुगेको उनले बताइन्। उनले लुटपाटमा संलग्नहरुको खोजी गरी कडा कारबाही तथा लुटिएको मोबाइल फिर्ता गराइदिन माग गरेकी छिन्। 
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले पीडित महिला शुक्रबार विहान सम्पर्कमा आएको तथा मोबाइल लुटपाट भएको भनी निवेदन गरेकाले घटना बारे अनुसन्धान भईरहेको बताए ।
मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलले पीडितले समितिमा कुनैपनि समस्या नराखेको बताए। घटना भएको भए समितिमा प्रमाणसहित आउन आग्रह गर्दै उनले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिए । 
उनले घटनाको सिसी टिभी फुटेज सुरक्षित रहेकोले छानविनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।