• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविजमा तरवार प्रहारबाट २ जना घाइते 
न्यूज टुडे
राजविराज,१५ असोज। 
सप्तरीको राजवराज ६ मा तरवार प्रहारबाट २ जना घाइते भएका छन्। स्थानीय ३७ वर्षिय सुनिल चौधारी र उनको बुवा विन्देश्वर प्रसाद चौधारी घाईते भएका हुन्। 
राजविराज १६ का कादिर खानले तरवार प्रहार गरी घाइते बनाएको पीडितहरुले आरोप लगाए । भारतबाट खानका घरमा आएका एक पाहुनाले गोली हानेर मार्छु भनी धम्की दिएपछि विवाद शुरू हुँदा खानले एक्कासी आफूहरुमाथि तरवार प्रहार गरेको पीडित पक्षको आरोप छ ।
तरवार प्रहारबाट सुनिलको टाउको तथा शरीरको विभिन्न भागमा चोटपटक लागेको तथा विन्देश्वरको हात लगायतका शरीरको विभिन्न भागमा चोट लागेको बताइएको छ । घाईते दुवैजनाको गजेन्द्र नारायण सिंह अस्पाताल राजविजामा उपचार पछि घर फर्किएको पीडित परिवारले जनाएको छ । 
तरवार प्रहार गर्नेमाथि कारबाहीका लागि प्रहरीलाई पटक-पाटक भन्दा समेत सुनुवाई नभएको पीडितहरुले  गुनासो गरे । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले दुबैपक्ष वीच सामान्य झडप भएपनि तरवार भने प्रहार नभएको जनाएको छ । रक्सीको निहुँमा दुबै पक्षावीच कुटाकुट भई चौधारी बाबुछोरा सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।