न्यूज टुडे
राजविराज, १५ असोज ।
सप्तरीको विष्णुपुर गाउँपालिका १ स्थित जमुनी माधेपुरामा एक पुरुषको शव फेला परेको छ । स्थानीय मारीक समुदायका लागि निर्माण गरिएको एक घरको कोठामा अन्दाजी वर्ष ५२ – ५५ वर्षको बेवारिसे शव फेला परेको हो ।
गाउँमा दुर्गन्ध आउन थालेपछी हेर्न जाँदा मानिस मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटना स्थलमा पुगी हेर्दा मधेशी मूलका जस्ता देखिने पुरुष व्यक्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतकको हालसम्म पहिचान नभएको तथा मुचुल्कासहित आवश्यक प्रक्रिया पूरा गरी शव परीक्षणका लागि राजविराज ल्याएको तथा घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।