• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोग गर्न नपाउने

सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोग गर्न नपाउने
न्यूज टुडे
राजविराज,१२ असोज । 
सप्तरीमा विदाको समयमा सरकारी गाडी प्रयोग गर्न नपाउने भएको छ ।  जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा आइतबार एक सूचना जारी गर्दै अत्यावश्यक कार्य बाहेक सरकारी सवारी साधन प्रयोग गर्न नपाइने जनाएको हो । 
प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानको हस्ताक्षरमा जारी सूचनामा कार्यालयको अतिआवश्यक  कामकाज बाहेक  सरकारी  गाडी प्रयोग नगर्न आग्रह गरिएको छ । सरकारी गाडी प्रयोग गर्दा अनिवार्य सवारी अनुमानित लिएर मात्र प्रयोग गर्न अनुरोध गर्दै  जारी सूचनामा सवारी पास अनुमतिबिना प्रयोग गरिएमा कार्यालय प्रमुख आफै जिम्मेवार हुने उल्लेख्य छ । 
सरकारी गाडी दुरुपयोग गरिएको पाइएमा कानून बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी सूचनामा जनाइएको छ ।