उत्तम आचार्य
कञ्चनरूप, २२ भदौ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–९ स्थित सुन्दरी पुल छेउमा रहेको काली मउत्तमन्दिरका पुजारीको रहस्यमय मृत्यु भएको छ ।नाम, थर र वतन नखुलेको करिब ७०–७५ वर्षका पुजारीको शनिबार राति मृत्यु भएको हो ।
उनी ७ वर्षदेखि निरन्तर उक्त मन्दिरमा पुजारीका रूपमा पूजा गर्दै आएका थिए ।
पुजारीलाई टाउकोमा गम्भीर चोट लागेर घाइते अवस्थामा स्थानीयले देखेका थिए । स्थानीयवासीको सहयोगमा उनलाई तुरुन्तै उपचारका लागि कञ्चनपुर नगर अस्पताल पुर्याएको थियो । अस्पतालले उपचारकै क्रममा साँझ करिब ७ः२० बजेतिर उनको निधन भएको पुष्टि गरेको छ ।
घटनास्थल नजिकै शंकास्पद गतिविधि देखिएको र पुजारीको टाउकोमा गहिरो चोट भेटिएको कारण प्रहरीले यसलाई हत्या भएको आशंका गरेको छ ।
पुजारीको शबलाइ पोस्टमार्टमको लागि गजेन्द्रनारायण सिंह अंचल अस्पताल राजबिराज लगिएको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
घटनाको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरि सोधपुछ तथा अनुसन्धान भइरहे जनाएको छ ।