• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

‘प्रतिशोध पलेर कसैलाई फँसाईने त्यो धन्दा नगर’: राजेन्द्र महतो

‘प्रतिशोध पलेर कसैलाई फँसाईने त्यो धन्दा नगर’: राजेन्द्र महतो
न्यूज टुडे
राजविराज, १९ भदौ । 
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले बदलाको भावना लिएर सरकार अगाडि बढिरहेको भन्दै यसको कडा  प्रतिकार गर्नुपर्ने बताएका छन् । राष्ट्रिय मुक्ति पार्टी सप्तरीद्वारा राजविराजमा बिहिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । 
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले भूमि विधेयकमा सरकारलाई समर्थन नगरेकोले उपेन्द्र यादवलाई सरकारले फँसाउने धन्दा चलाएको आरोप लगाए । 
‘गौर घटनाको निष्पक्ष छानबिन भए कुनै आपत्ति हुदैन, जसलाई निसाना बनाउन खोजिएको छ, उपेन्द्र यादव आफैले पनि भनिनै राखेको छ ‘ अध्यक्ष महतोले भने,’ तर, छानबिन निष्पक्ष संग गर, पूर्वाग्रह राखेर हैन,बदलाको भावना नलेउ ।’
‘भूमि विधेयक समर्थन नगरेकोमा कसैलाई फँसाई दिने त्यो धन्दा नगर, निष्पक्ष ढंगवाट राजनितीका काम हो अनुसन्धान गर ।’ अध्यक्ष महतोले भने, 
अध्यक्ष महतोले गौर घटनाको विषयमा बनेको छानबिन समितिको प्रतिबेदन सार्वजनिक गरे दोषी आफै बाहिर आउने दाबी गरे ।
गौर घटनामा पटकपटक छानबिन समिति बनेको छ, अनुसन्धान भएको छ,खै त्यसलाई सार्वजनिक गरेको राज्यले ? प्रश्न गर्दै उनले  भने,’ ढाकछोप गर्ने ? अरे पटकपटक त्यो त अनुसन्धान भएको हो त ! दोषी को-को त्यसमा प्रष्ट रुपमा आएको छ ।’ 
‘अनुसन्धानबाट हामी तर्सिने होइन तर निष्पक्ष पूर्ण आउनुपर्छ वेइमानी पूर्वक होइन ।’ उनले भने,
उनले गौरघटनामा मधेसी नेतामाथि बेइमानी भए कडा प्रतिकार गर्ने चेतावनी समेत दिए । 
संघीय लोकतान्त्रिक मोर्चा मिसन ०८४ सम्म रहने भन्दै उनले यही व्यानरबाट पहिचान र अधिकारको अन्तिम लडाई लड्ने बताए । 
उनले गजेन्द्रनारायण सिंहले नै आदिवासी जनजाति, दलित, थारु मुश्लिमसहितका उत्पीडित समुदायसंग एकताको प्रयास जारी राखेको बताए । 
त्यतिबेला जनजाति समुदायमा राजनीति चेतना थिएन भन्दै अध्यक्ष महतोले अब मधेसी र जनजाती मिलेर अन्तिम लडाइ लड्नुपर्नेमा जोड दिए ।  ।