उत्तम आचार्य
कञ्चनरुप , १५ भदौ ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित ,शंकर माध्यमिक बिधालय रुपनगर कास्ठमहालमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । विद्यालयमा आइतबार बसेको अभिभावकको भेलाले ४ सदस्यीय बिधालय ब्यवस्थापन समिति सर्व सम्मत रुपमा चयन गरेको हो ।
बिधालय ब्यवस्थापन समिति छनौट सहयोग समितिको संयोजक कन्चनरुप नगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत प्रेम कुमार चौधरीको अध्यक्षतामा बसेको अभिभावक भेलाले महिला सदस्यमा भुवन कार्की , दलित महिला सदस्यमा बिनिता परियार , मो . ईस्लाम र लक्षमण यादव गरि ४ सदस्यीय बिधालय ब्यवस्थापन समिति सर्व सम्मत रुपमा चयन गरेको विद्यालयले जनाएको छ ।
पुरुषमा ११ जना र महिलामा ४ जनाले उम्मेदवारी दिएपनी पछि सर्व सम्म्त रुपमा बिधालय ब्यवस्थापन समिति चयन भएको बिधालयका प्रधानाध्यापक गंगाप्रसाद साहले बताए ।
सर्व सम्मत चयन भएका सदस्यहरुलाई १२ नम्बर वडाका वडा अध्यक्ष देबिबहादुर खत्री , शिक्षा अधिकृत प्रेमकुमार चौधरी , प्रधानाध्यापक गंगाप्रासाद साह लगायतका ब्यक्तित्वहरुले अविरको टीका लगाएर बधाई दिएका थिए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष खत्रीले नयाँ चयन भएका बिधालय ब्यवस्थापन समितिका सदस्यहरुले बिधालयको उन्नति , प्रगति र शिक्षाको गुणस्तरमा वृद्धि गर्न सफलता मिलोस भन्ने शुभकामना दिएका थिए ।
यसैगरी १२ नम्बर वडाका वडा सदस्य जैनुद्दिन मियाँ , सर्वोदय माध्यमिक बिधालय कन्चनपुरका प्रधानाध्यापक तारानन्द मल्लिक लगायतका वक्ताहरुले नयाँ चयन भएका बिधालय ब्यवस्थापन समितिका सदस्यहरुले आगामी दिनमा बिधालयको आर्थिक वृद्धि , भौतिक बिकासका साथै शैक्षिक गुणस्तर वृद्धि गर्न सफलता मिलोस भन्ने शुभकामना दिएका थिए ।
कार्यक्रम संचालन शिक्षक प्रमोद कटुवालले गरेका थिए ।