• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अंकुरी महादेव मन्दिर विकास समितिका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

अंकुरी महादेव मन्दिर विकास समितिका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण
रामनाथ यादव
राजविराज , १४ भादाै
सप्तरी ऐतिहासिक धार्मिक एवम् प्रसिद्व महादेवा गाउँपालिका २ स्थित रहेकाे अंकारी महादेव मन्दिर विकास समिति नव निर्वाचित पदाधिकारीकाे शनिबार सपथ ग्रहण ,पदस्थापन गरिएको छ ।  महादेवा गाउँपालिका  वडा  नम्बर  २का अध्यक्ष जागेश्वर प्रसाद ईसरकाे अध्यक्षता तथा महादेवा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ,स्वास्थ्य शाखा संयाेजक वृहस्पति रामकाे प्रमुख आतिथ्यमा एक समारोहका वीच सपथ ग्रहण तथा पदास्थपना कार्यक्रम सम्पन्न भएको हो । 
अवकाश प्राप्त शिक्षक मुंगालाल माझी र जगत पैकराकाे विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्वाचन अधिकृत अधिवक्ता केशव प्रसाद दासले सम्पूर्ण नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराई प्रमाण पत्र फूलमाला , अविर गम्छा ,खादा दिएर पदस्थापना गराएका थिए । 
कार्यक्रममा वन्दना मेडिकल राजविराजका  डा. प्रेम कुमार राउतले मन्दिर विकासका  निमित्त ५१ हजार रुपैयाँ दिने घाेषना गरे । 
नवनियुक्त अध्यक्ष सूर्य नारायण अधिकारीले  पारदर्शी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अंकुरी महादेव मन्दिरकाे हिसाब समाजकाे सल्लाह ,सुझावका साथ  सार्वजनिक गर्ने बताए । 
कार्यक्रममा मन्दिर समितिका पूर्व अध्यक्ष भाेगेन्द्र राउत, डा . अर्जुन साह,मुंगालाल माझी ,रसिकलाल माझी, मावि महादेवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुन्दन कुमार राउत, प्रेम कुमार राउत,ओम शान्ति सेवा केन्द्रकी मनाेरमा देवी , साधुचरन पैकरा,वासुदेव ठाकुर, हाम्रो समाज नेपालका अध्यक्ष राम नारायण शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । 
शिक्षक मनिकलाल माझीद्वारा संचालित कार्यक्रममा स्वागत शिक्षक रतिलाल ईसरले गरे । 
कार्यक्रममा मन्दिरका पूर्व अध्यक्ष भाेगेन्द्र राउत,दिपेन्द्र माझी ,शम्भुलाल अधिकारी ,रामेश्वर मुखिया, विश्वनाथ यादव,केशव दास,सकलदेव मंडल,डा.अर्जुन साह, प्रहरी भाेगेन्द्र  खत्री, पत्रकार रामनाथ यादव, दशरथ अधिकारी ,जगत पैकरा , मुंगालाल माझी ,साधुचरन पैकरा , चन्द्रदेव खंग, भागवत अधिकारी , महेन्द्र ईसर मन्दिरका पुजारी बद्री गिरि,पवन गिरि लगायतलाई खाँदा , अविर लगाएर सम्मान गरिएको थियाे ।
मन्दिर विकास समितिका अध्यक्ष सूर्यनारायण अधिकारी  ,उपाध्यक्षमा जय कुमार पैकरा, सचिवमा उमेश कुमार साह र  काेषाध्यक्षमा अनुपम कुमारी राउत निर्वाचित भएका थिए । यसैगरी सदस्यहरुमा विजय अधिकारी , उमेश प्रसाद मंडल, जगदेव खंग, निता पैकरा,प्रदिप कुमार माझी,नारायण राउत, देवनारायण मंडल निर्वाचित भएका थिए ।