• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको त्रिरत्न गुम्बासहित विभिन्न स्थानमा मानाइयो २५७०औं बुद्ध जयन्ती

सप्तरीको त्रिरत्न गुम्बासहित विभिन्न स्थानमा मानाइयो २५७०औं बुद्ध जयन्ती
न्यूज टुडे
राजविराज,१८ बैशाख ।
सप्तरीको त्रिरत्न गुम्बासहित विभिन्न स्थानमा शुक्रबार २५७० औं बुद्ध जयन्ती धुमधामको साथ मनाइएको छ । त्रीरत्न गुम्बाको आयोजनामा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित गुम्बामा शुभकामना आदानप्रदान तथा शान्तिपाठ गरेर बुद्ध जयन्ती मनाइएको हो ।
उक्त अवसरमा नेपाल तामाङ घेदुङका संघीय सदस्य भिम घिसिङ,पूर्व केन्द्रीय सदस्य मेख बहादुर बम्जन, पूर्व केन्द्रीय सदस्य एवम् गुम्बाका अध्यक्ष खड्ग बहादुर तामाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान तामाङ, पूर्व जिल्ला अध्यक्ष सन्तमान गोलेको उपस्थिति थियो । 
यसैगरी नेपाल आदिवासी जनजाति महासंघ सप्तरीकी सह-सचिब रविना स्याङ्दन, नेपाल तामाङ विद्यार्थी घेदुङ मधेस प्रदेशकी उपाध्यक्ष मन्दिरा योन्जन, नेपाल तामाङ घेदुङ सप्तरीका सदस्य मान बहादुर योन्जन, खडक नगरपालिकाका अध्यक्ष सुर्यमान गोलेलगायतका स्थानीय बुद्धिजीवी, समाजसेवी, बुद्ध धर्मका अनुयायीहरुको उपस्थिति  थियो । 
यसैगरी अग्नीसाइर कृष्णासवरन गाउँपालिका ४ स्थित रहेको बौद्ध विहार सिंह गुम्बा, वडा नम्बर ३ अबस्थित मट्टीगढा गुम्बा, २ नम्बर स्थित रहेको अग्नीसाइर गुम्बा, वडा नम्बर ६ स्थित मोहनपुर गुम्बा, फत्तेपुर स्थित साङछोलिङ गुम्बामा समेत बुद्ध जयन्तीको अवसरमा शान्ति पदयात्रा, बुद्ध पूजा लगायतका विभिन्न कार्यक्रम आयोजना गरि बुद्ध जयन्ती मनाएको आयोजकले जनाएको छ ।