सप्तरीको तिलाठी काेइलाडी गाउँपालिकाका सामुदायिक विद्यालयहरुले शुक्रबार घर दैलाे तथा विद्यार्थी भर्ना अभियान संचालन गरेका छन् । ‘सवै वालवालिकाकाे विद्यालयमा सहभागीता एवम् गुणस्तरीय शिक्षा प्राप्तिकाे सुनिश्चितता’ भन्ने नाराका साथ नयाँ भर्ना अभियान सुरु गरेको हो ।
अभियानमा सहभागी गाउँपालिका अध्यक्षसहित शिक्षक अभिभावकहरु । फोटो : न्यूज टुडे
नयाँ शैक्षिक सत्र २०८३ का लागि सामुदायिक विद्यालयलाई अभियान सफल वनाउन स्थानीय तहले निर्देशन दिएको छ । नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा तिलाठी काेइलाडी गाउँपालिका ७ स्थित रहेको राष्ट्रिय हरिहर हरिनारायण प्राथमिक विद्यालय सडेपार , राष्ट्रिय आधारभूत विद्यालय मंसापुर र लक्ष्मी ,वलल्भ,नर्सिङ माध्यमिक विद्यालय वभनगामाकट्टी संचालन गरेको छ ।
छुट्टाछुट्टै तीनवटै विद्यालयका शिक्षक ,विद्यार्थी ,कर्मचारी ,व्यवस्थापन समिति विद्यार्थी भर्ना कार्यक्रममा सहभागी छन् ।
राष्ट्रिय प्राथमिक विद्यालय सडेपारका प्रधानाध्यापक अरुण कुमार यादवले विद्यार्थी ,अभिभावक ,शिक्षक ,कर्मचारी लगायतले विद्यालयवाट वभनगामा र सडेपार टाेलमा घरदैलो तथा विद्यार्थी भर्ना अभियान संचालन गरेकाे वताए । राष्ट्रिय आधारभूत विद्यालय मंसापुरका प्रधानाध्यापक जितेन्द्र मंडल,गाउँपालिका अध्यक्ष अरुण कुमार मंडल ,व्यवस्थापन समितिका अध्यक्ष शम्भु मंडल,शिक्षा शाखा सह संयाेजक ज्ञानेन्द्र कुमार यादव , सप्तरी एफएमका संचालक कमल मंडल ,अभिभावक ,विद्यार्थी ,शिक्षक,कर्मचारी लगायतकाे सहभागीतामा घरदैलो तथा विद्यार्थी भर्ना कार्यक्रम गरेका छन् ।
यसैगरी लवन मावि वभनगामाकट्टीका प्रधानाध्यापक विपिन झा,शिक्षकहरु विनाेद झा, भरत विश्वकर्मा, अरहुल साह, रुद्वनारायण साह, निलम मंडल, ललिता देवी यादव,प्रीती सिंह,माला सिंह ,शाेभा राउत , नियुतन दास लगायतले घरदैलो तथा विद्यार्थी भर्ना अभियानमा सक्रिय सहभागीता जनाएका छन् ।
सामुदायिक विद्यालयहरुले नयाँ विद्यार्थी भर्ना अभियानका लागि विभिन्न गाउँ – टाेल- टाेलमा अभिभावकलाई आ-आफ्नो वालवालिकालाई विद्यालयमा भर्ना गर्न आग्रह गरेका छन् ।
स्थानीय सरकारले विद्यालयमा बालबालिकालाई पढ्न सहज हुने गरी गाउँमै वालकक्षा देखि माध्यमिक विद्यालय र क्याम्पस लगायतका शैक्षिक संस्थाकाे स्थापना गरी निशुल्क पठनपाठनको व्यवस्था गरेको छ । तर यहाँका अधिकांश अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालय पढाउँने गरेको स्थानीय अभिभावक गीता मालीनले वताइन ।
मंसापुरका स्थानीय सुवेलाल मंडलले सामुदायिक विद्यालयमा विएड,एमेड तथा मास्टर डिग्री गरि लाेकसेवा पास गरेर पढाउने याेग्य शिक्षक रहेकोले आ-आफ्नो बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरे । उनले अहिलेकाे युगमा विद्यार्थीलाई अङ्ग्रेजी भाषा जान्न महत्त्वपूर्ण रहेको हुँदा अंग्रेजी विषयलाई प्रभावकारी वनाउन जाेड दिए ।
स्थानीय सरकारले विद्यालयको गुणस्तरीय शिक्षाका लागि नि:शुल्क पढाइ , दिवाखाजा,छात्रवृत्ति , गुणस्तरीय शिक्षाको व्यवस्था गरेकाे स्थानीय मृगेन्द्र यादवले वताए ।
२०८३ वर्षको भर्ना अभियान यसवर्ष अझै प्रभावकारी रहेको राष्ट्रिय आधारभूत विद्यालय मंसापुरका प्रधानाध्यापक मंडलले जानकारी दिए ।