द्वारिका आचार्य एकता समाज नेपालको गोठ पुजा तथा दशौं चुनावी बार्षिक साधारण सभा सम्पन्न भएको छ।
अग्नीसाइर कृष्णसंवरन गाउँपालिका ६ महुली मोहनपुर निवासी अर्जुन आचार्यको निवासमा शुक्रबार समाजका अध्यक्ष चक्रप्रसाद आचार्यको अध्यक्षतामा आयोजित समाजको गोठ पुजा तथा दशौं चुनावी बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
द्वारिका आचार्यको गोठ पूजा गरिदैं । फोटो : न्यूज टुडे
साधारण सभाबाट चक्र प्रसाद आचार्यको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति सर्व सम्मत रुपमा चयन गरेको छ ।
गठित समितिको उपाध्यक्ष , सचीव , कोषाअध्यक्षमा क्रमश दीपेन्द्र आचार्य , धुर्व आचार्य र रामप्रसाद आचार्य रहेका छन । यसैगरी समितिको सदस्यहरुमा उत्तम आचार्य , राजकुमार आचार्य , राममणी आचार्य , रामप्रसाद आचार्य , यादव प्रसाद आचार्य रहेका छन ।
यसैगरी लेखा संयोजकमा प्रकाश आचार्य सदस्यमा अर्जुन आचार्य र रमेश आचार्य रहेका छन ।
कार्यक्रममा बोल्दै समाजका संरक्षक भुवनप्रसाद आचार्यले आफ्नै घरका दाजुभाइलाई चिन्न गार्हो थियो , टुटेर गएको दाजुभाइको सम्बन्धलाई द्वारिका आचार्य एकता समाजको गठन भएपछि जोडेर लाने कामको थालनी भएकोमा खुशी व्यक्त गर्दै द्वारिका आचार्यको सन्ततीहरुको पहिचानलाई सुदृढ र मजबुत बनाउदै अगाडि बढनु पर्ने बताए ।
समाजका सचिव केशव प्रसाद आचार्यद्वारा संचालित कार्यक्रममा कोषाध्यक्ष रामप्रसाद आचार्यले आर्थिक बर्ष २०८२/२०८३ को आय ब्यय प्रस्तुत गर्दै बैंकमा १२ लाख १९ हजार ३ सय ७२ रकम रहेको जानकारी गराएका थिए ।
गोठ पुजामा गोस्ठादी , महारुद्र , काडब्रम्ह ,ऐरि , गैडु गोसाइँ संसारी ,गोबर्धन र कुकुरको पुजा गरि धुपबत्ती गरि गोठ पुजा सम्पन्न भएको समाजका पुजारी श्रीप्रसाद आचार्यले बताए ।