रामनाथ चौधरी
महुली, ११ भदौ ।
सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका ६ महुली बजारमा भगवती मन्दिर निर्माण सुरु भएको छ । दुर्गापूजा समितिका अध्यक्ष श्यामदेव साहले बुधबार आयोजित एक समारोहका वीच मन्दिर शिलान्यास गरेका हुन् ।
बजारबासीको सहयोग र गत बर्षको पूजाबाट संकलित रकमबाट निर्माण सुरु भएको मन्दिरको भूमि पूजन गरि अध्यक्ष साहले शिलान्यास गरे ।
गत बर्षको पूजाबाट संकलित ८५ हजार, जयराम साहबट १ ट्याक्टर इट्टा, जोगेन्द्र साहबाट १ ट्याक्टर इट्टा र रामलाल साहले ११ बोरा सिमेन्ट सहयोग गरेपछि भगवती मन्दिर निर्माण कार्य सुरु गरिएको पूजा समितिका सल्लाहकार श्याम यादवले जानकारी दिए ।
पूजा समितिका अध्यक्ष साहको अध्यक्षतामा आयोजित कार्यक्रममा विजुली चौधरी,चित्र नारायण यादवलगायतका स्थानीय बुद्धिजीवी,समाजसेवी, स्थानीय बजारबासीहरुको उपस्थिति रहेको थियो ।