जनता समाजवादी (जसपा) नेपाल सप्तरीले भूमि सम्बन्धी विधेयक विरुद्धको आन्दोलन सशक्त बनाउने भएकाे छ। जिल्ला समितिद्वारा राजबिराजमा सोमबार आयोजित विस्तारित बैठकले यस्तो निर्णय गरेकाे हो ।
बैठकमा मञ्चासीन जसपा नेपालका केन्द्रीय नेतागण । फोटो : न्यूज टुडे
जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले संसदबाट हालै पारित भूमि सम्बन्धी विधेयकाविरुद्ध भदाै ९ गते देखि १६ गते सम्मकाे कार्यक्रमकाे तालिका सार्वजनिक गरेकाे छ।
जसपा नेपाल केन्द्रीय समितिकाे बैठकले समितिलाई सर्कुलर गर्दै विरोधको तयारी थाल्न निर्देशन बमाेजिम जसपा नेपालले सप्तरीकाे ४ वटै निर्वाचन क्षेत्रमा बिराेधकाे कार्यक्रम गर्ने जिल्लाकाे बिस्तारित बैठकवाट निर्णय गरेकाे अध्यक्ष केदार प्रसाद यादवले बताए ।
विरोधका कार्यक्रम अन्तर्गत भदाै ९ गते साेमवार जिल्ला समितिकाे अगुवाईमा भुमि बिधेयक बिरूद्व सदरमुकाम राजविराजमा बिराेध र्याली प्रदर्शन गर्ने, सप्तरी निर्वाचन क्षेत्र १ मा भदाै ११ गते भारदह, निर्वाचन क्षेत्र ४ भदाै १२ गते बरसाईन चाैक, निर्वाचन क्षेत्र २ मा भदाै १३ गते ताेपा र निर्वाचन क्षेत्र ३ मा १४ गते पथरगाडामा बिराेध प्रदर्शन गर्ने कार्यक्रम रहेकाे अध्यक्ष यादबले जानकारी दिए।
बैठकमा जिल्ला बोल्दै अध्यक्ष केेदार प्रसाद यादबले विधेयकले तराई/मधेसलाई मरुभूमिकरणमा लैजान लागेकाे आराेप लगाए। अध्यक्ष यादबले, ‘भूमि सम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको, भू-माफिया, जग्गा दलालको हित हुने र यसबाट वन जंगल विनाश भई तराई/ मधेस मरुभूमिकरण हुनेगरी सरकारले ल्याउन लागेको भूमि सम्बन्धि विधेयकको जसपा नेपाल सुरुदेखि नै विपक्षमा रहेकाे बताए।
बिरोध गर्दागर्दै पनि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट २०८२ भाद्र ५ गते सरकारले राष्ट्रियहीत विपरीत रहेको विवादित भूमि विधेयकको प्रक्रिया अगाडि बढाएपछि जसपा नेपालको केन्द्रीय सचिवालय बैठकले वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवम् जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराई/मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न ‘भूमि र वन बचाउँ, मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउँ’ अभियान अन्तर्गत भूमि विधेयकविरुद्ध कडा प्रतिकार गर्ने र विरोधमा उत्रिने निर्णय गरेकाे उनले जानकारी दिए ।
भदौ ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध देशका विभिन्न सहरहरुमा ब्यापक विरोध प्रदर्शन गर्न जसपा नेपालले सम्बद्ध सम्पूर्ण समितिहरु एवम् पार्टी पंक्तिलाई निर्देशन गरेेकाे छ।
जसपा नेपाल सप्तरी अध्यक्ष केदार यादबकाे अध्यक्षतामा आयाेजित बिस्तारित बैठकमा जसपा नेपालकाकेन्द्रीय सदस्य एवम् मदेश प्रदेश साँसद अनिरुद्व प्रसाद सिंह यादव, किरण कुमारी साह, केन्द्रीय अनुसाशन समितिका संयोजक जगदेव यादब, केन्द्रीय सदस्य विकास कुमार तिवारी, उमेश कुमार यादव, पुुनम यादब, उपमा देव, गिता यादब, रमिला देवी साह, जसपा मधेस प्रदेश मुख्यसचिव दिनेश कुमार यादब, सदस्य किशोर कुमार यादबलगायतका नेता तथा कार्यकर्ताहरूकाे उपस्थिती रहेकाे थियाे ।