न्यूज टुडे
राजविराज,०४ भदौ ।
सप्तरीको राजगढ गाउँपालिका–५ का वडाध्यक्ष देवेन्द्र साहको निधन भएको छ । भरतपुर स्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेका वडा अध्यक्ष साहको मंगलबार ६५ बर्षको उमेरमा निधन भएको हो ।
वडा अध्यक्ष साहको पार्थिव शरीरमा जसपा नेपालले अन्तिम श्रद्धाञ्जली अर्पण गरेको छ । जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवसहित जसपा नेपालका नेताहरुले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएपछि बुधबार सामाजिक परम्परा अनुसार गाउँमै अन्त्यष्टी गरिएको जनाइएको छ ।
तीन वर्षदेखि क्यान्सर पीडित रहेका साहको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार कै क्रममा मंगलबार निधन भएको उनका परिवारले जनाएको छ ।
साह लामो समयदेखि केमोथेरापी चलिरहेको बताउँदै उनले उपचारकै क्रममा उनको निधन भएको जनता समाजवादी पार्टीका नेता शम्भु कुमार यादवले बताए । वडा अध्यक्ष साह जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
स्वर्गीय साहका दुई छोरा र तीन छोरी छन् ।