न्यूज टुडे
राजविराज,०४ भदौ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ सितापुरमा बुधबार एक युवती मृत भेटिएकी छिन् । सप्तरीको शम्भुनाथ नगरपालिका ६ लतियाहीकी भिलु चौधरीको छोरी अन्दाजी बर्ष ३२ की राम कुमारी चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।
छाडेरोग ( मृगी) रोगबाट पीडित युवती स्थानीय लक्ष्मी चौधरीको धान खेतमा मृत भेटिएको प्रहरीले जनाएको छ । एकलै खेतमा धान गोड्ने क्रममा रोगले च्यापेपछी खेतमा जमेको पानीमा डुवेर यूवतीको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनलाई पानीमा डुवेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै ईलाका प्रहरी कार्यालय महुलीका इन्चार्ज प्रहरी नायव निरीक्षक नेत्र कार्की नेतृत्वको प्रहरी टोली पुगी घटना स्थल सुरक्षित राखेको वडा अध्यक्ष पशुपति प्रसाद चौधरीले बताए । ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी निरीक्षक लेख बहादुर विष्टको नेतृत्वमा थप प्रहरी अनुसन्धान टोली खटी मुचुल्कासहित कानूनी प्रक्रिया पूरा गरि शव परिक्षणका लागि राजविराज पठाएको वडा अध्यक्ष चौधरीले बताए ।
घटना स्थलमा मृतकको आफान्तहरु बोलाएर शवको पहिचान गरिएको प्रहरीले बताएको छ। मृतकका आफन्तहरुका अनुसार मानशिक सन्तुलन ठिक नभएका उनी ७ बर्षदेखि विभिन्न स्थानमा गएर मागी खाने गर्थे ।
छाडेरोगले बेलाबखत बेहोस भइरहने तथा मानसिक रोगी फुपूलाई घरमा ल्याएर राख्दा समेत भागेर हिड्ने गरेको मृतकका भदै रामसुन्दर चौधरीले बताए ।