• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राष्ट्रिय मावि बनरैतमा प्रअ विवाद उत्कर्षमा

राष्ट्रिय मावि बनरैतमा प्रअ विवाद उत्कर्षमा
नर्मदेव यादव
रुपनी, ०३ भदौ । 
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर  ३ मा रहेको  श्री राष्ट्रिय माद्यामिक विद्यालय वनरैतमा प्रधानाध्यापक हाजिर गराउने विवाद चरम उत्जर्षमा पुगेको छ ।  नगरपालिकाले प्रधानाध्यापक कृष्ण यादवलाई सरुवा गरि मावि बैरवामा कार्यरत अंग्रेजी विषयका  शिक्षक ध्रुव देव कुमार यादवलाई प्रअको रुपमा  पठाएपछि विवाद चुलिएको हो । 
मंगलबार प्रधानाध्यापक कृष्णको ठाउँमा ध्रुवलाई हाजिर गराउने प्रयास गरेपछि विद्यालयका अभिभावक विपक्षमा उभिएपछि  विवादले उग्ररुप लिएको।निमित्त प्रअ धर्मनाथ यादवले बताए ।।
कंचनरुप नगरपालिकाका शिक्षा संयोजक प्रेम कुमार चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष गुल्येन चौधरीले   ध्रुबलाई  प्रअको रुपमा हाजिर गराउन खोजेपछि स्थानीय अभिभावक प्रतिकारमा उत्रिएका थिए ।  दुबैपक्ष वीच झडपको अवस्था सिर्जना भएपछि ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरी टोलीले विवादलाई साम्य पारेका थिए । 
प्रधानाध्यापकलाई तत्काल हाजिर नगराउने, नगरपालिकामा भदौ ५ गते  सर्वपक्षीय बैठकबसी विवादको समाधान खोज्ने सहमति पछि विवाद टुंगिएको  अभिभावक रामेश्वर सरदारले बताए । 
पुरानै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति हुनुपर्ने अभिभावकहरुको अडान तथा नगर शिक्षा संयोजक, वडा अध्यक्ष र अन्य केही व्यक्तिले नयाँ प्रधानाध्यापक हाजिर गराउने रस्साकसीले विद्यालय विवादको रणभुमी बनेको छ ।