• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा जसपा नेपालद्वारा प्रदर्शन : गौर घटना व्यूत्याउने प्रयास भए सशक्त आन्दोलन गर्ने चेतावनी

राजविराजमा जसपा नेपालद्वारा प्रदर्शन : गौर घटना व्यूत्याउने प्रयास भए सशक्त आन्दोलन गर्ने चेतावनी
न्यूज टुडे
राजविराज,०२ भदौ । 
गौर घटनामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध अनुसन्धान अगाडि बढाउने परमादेश विरुद्ध राजविराजमा सोमबार विरोध प्रदर्शन भएको छ। जनता समाजवादी पार्टी नेपाल सप्तरीको आयोजनामा सडकमा टायर बलेर पार्टीका नेताकार्यकर्ताद्वारा विरोध प्रदर्शन गरेको हो । 
विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले राजनीतिक प्रतिशोध साध्न सरकारले गौर घटनालाई व्यूत्याउन लगाएको आरोप लगाए ।  बक्ताहरुले भूमि सम्बन्धि विधेयकमा सरकारलाई समर्थन नगरेको आक्रोशमा पार्टीका राष्ट्रिय अध्यक्षमाथि षड्यन्त्र भएको टिप्पणी गरे ।
मधेसलाई मरुभूमि बनाउने भूमि विधेयक कदापि स्वीकार्य  नहुने बताउदै बक्तहरुले त्यसलाई आधारमानी राजनीतिक प्रतिशोध लिने प्रयास भए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
सरकारकै इसारामा अध्यक्ष उपेन्द्र यादवलाई फँसाउने षड्यन्त्र गरेको भन्दै बक्ताहरुले राजनीतिक प्रतिशोध साध्न सरकार लागेको भन्दै आक्रोश पोखे । 
जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कोणसभालाई केन्द्रीय, प्रदेश तथा विभिन्न भातृसंगठनका नेताकार्यकर्ताले सम्बोधन गरेका थिए । 
सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादविरुद्ध रौतहटको गौर हत्याकाण्ड विवादमा अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई गौरहत्या काण्ड विवादमा यादवमाथि अनुसन्धान अघि बढाउन भनेको हो।
अदालतले परमादेश जारी गरे लगत्तै जसपा नेपालका नेताकार्यकर्ता देशव्यापी आन्दोलनमा उत्रिएका छन् ।