रामसेवक मण्डल
अग्नीसाईर कृष्णासवरन, ०१ भदौ ।
सप्तरीको तिरहुत गाउँपालिका ४ डिमनमा आइतबार एक पुरुषको शंकास्पद मृत्यु भएको छ । सुनसरी दुहवी नगरपालिका ११ तन्मुनाका अन्दाजी बर्ष ५० को जगदिश मेहता झुन्डिएको अवस्था मृत फेला परेको हो ।
मेहता बस्दै आएको घर देखि नजिकै रहेको मुङ्गाको रुखको हाँगामा गम्छाको पासो लगाई झुण्डि मृत अवस्थामा उनलाई फेला परेको प्रहरीले जनाएको छ । ऊनी बिगत ४/५ दिन अगाडी देखी डिमन स्थित रञ्जित कुमार मेहताले संचालन गर्दै आएको शिबशक्ती होटलमा काम गर्दै आएका थिए ।
घटना स्थलमा प्रहरी चौकी डिमनका प्रसनिको टोली खटि गई घट्नास्थल सुरक्षित राखेको तथा थप अनुशन्धानका लागी इलाका प्रहरी कार्यालय कंचनपुर बाट प्रनि.को कमाण्डमा एसओसिओ प्रक.सहित प्रहरी टोली खटीएको जनाइएको छ ।
मेहताको शव मुनङ्गाको रुखको हाँगामा भुँइमा घुँडा टेकेको अवस्था फेला परेको हुँदा घटना शंकास्पद रहेको भन्दै आफन्तजनले हत्या भएको हुन सक्ने आशंका गरेका छन् । घटनाको सुक्ष्म अनुसन्धान हुनुपर्ने माग गर्दै मृतक परिवारको आफन्तले केही बेर शव परिक्षणका लागि पठाउन अवरोध गरेका थिए ।
इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी माधव प्रसाद काफ्लेले मेहतालाई रुखको हाँगामा झुन्डिएको अवस्था मृत भेटिएको तथा शव परिक्षणपछि मात्र मृत्युको यथार्थ विवरण आउने बताए । मृतक मेहताको शव परिक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको तथा घटना बारे थप अनुसन्धान अगाडि बढाएको डिएसपी काफ्ले जानकारी दिए ।