• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मनाइयो ३१ औं विश्वआदिवासी दिवस

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मनाइयो ३१ औं विश्वआदिवासी दिवस
न्यूज टुडे
राजविराज, २४ साउन । 
सप्तरीको डाक्नेश्वरी नगरपालिका १ अमरलती चौकमा शनिबार ३१ औं विश्वआदिवासी दिवस मनाइएको छ । आदिवासी जनजाति महासंघ डाक्नेश्वरी नगरपालिकाका अध्यक्ष अरविन्द कुमार चौधरीको अध्यक्षता तथा मधेस प्रदेश उपाध्यक्ष दिल कुमारी चौधरीको प्रमुख आतिथ्यमा आयोजित एक समारोहका वीच विश्व आदिवासी दिवस मनाइएको हो । 
कार्यक्रममा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष चौधरी, आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ, आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष महेन्द्र प्रसाद चौधरी,  नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङले पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चितताको लागि एकजुट हुनुको विकल्प नरहेको बताए । 
यसैगरी आदिवासी जनजाति महासंघ सप्तरीका सदस्य गोपाल प्रसाद चौधरी,अधिवक्ता सुकदेव चौधरी, नगर समिति सल्लाहकार जयप्रकाश चौधरी, निरन्जन चौधरी,धनाई मण्डल,पूर्व शिक्षक विलट चौधरीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
शिक्षिका रिता कुमारी चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत नगर समिति उपाध्यक्ष अर्चना चौधरीले गरिन । 
नेपाल आदिवासी  जनजाति महासंघ सप्तरी र डाक्नेश्वरी नगरपालिका समितिद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा ३१ औं विश्व आदिवासी जनजाति दिवस सफल पारौं लगायतका विभिन्न नारा लगाउदै र्‍याली प्रदर्शन गरिएको थियो ।