• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पूर्व मन्त्री यादव भन्छन् :- “प्रहरी र तस्कर दुबैबाट सिमा क्षेत्रमा जनता असुरक्षित छन्’

पूर्व मन्त्री यादव भन्छन् :- “प्रहरी र तस्कर दुबैबाट सिमा क्षेत्रमा जनता असुरक्षित छन्’
न्यूज टुडे
राजविराज, २२ साउन । 
नेकप माओवादी केन्द्रका नेता एवम् पूर्व सिंचाइमन्त्री उमेश कुमार यादवले प्रहरी र तस्कर दुबैबाट सिमा क्षेत्रमा जनता असुरक्षित रहेको बताएका छन् । राजगढ घटनाको बारे बिहीवार सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै  उनले यस्तो  बताएका हुन् ।
प्रहरीकै  मिलोमतोमा तस्करी हुने गरेको आरोप लगाउँदै उनले प्रहरी र तस्कर दुबैको तर्फबाट सिमा क्षेत्रमा जनता असुरक्षित रहेको  टिप्पणी गरेका छन् ।
‘प्रहरीको सेटिङ्गमा तस्करी हुने गर्दछ, सादा पोशाकका घुमुवाहरु मार्फत तथा स्थानीय युनिट संग / मार्फत कतिपयले सेटिङ्ग मिलाएका हुन्छन् भने कतिपय ठुला तस्करले सिधै आफ्नो पहुँच अनुसार माथिल्लो तह सम्ममा सेटिङ्ग मिलाएका हुन्छन्’ उनले सामाजिक संजालमा लेखेका छन्, ‘तिनीहरुको बिचमा सम्प्रेषण नहुँदा तथा सम्मानजनक भागबण्डा नमिल्दा समस्या उत्पन्न हुन्छन् ।’ 
मधेसलाई हेर्ने ,बुझ्ने दृष्टिकोण औपनिवेशिक रहेको हुँदा गृह प्रशासनले सरुवा गर्ने बेलै मोटो रकम तोकिरै पठाउँदा त्यसको पहिलो सिकार मधेसी जनता हुने सामाजिक संजालमा उनले आक्रोश व्यक्त गरेको छ ।
‘मधेसमा मोटो रकम लिएर नै गृह प्रशासनले सरुवा गर्छन् ,अपवाद बाहेक ।यहाँ कुन जिल्लाको कति ,कुन प्रहरी पोष्टको कति ( जनपद र सशस्त्र ) रकम तय गरिएको हुन्छ रे!’ उनले लेखेका छन्त्य,’ सोही अनुसार असुल्न सक्नेहरुको सरुवा मै भाउ बट्टा तय गरिएको हुन्छ ।मधेस लाई हेर्ने ,बुझ्ने दृष्टिकोण औपनिवेशिक रहेको हुँदा यहाँ  प्रशासनले गर्ने व्यबहार त्यसै अनुसार हुँदा रहेछन् ।’
उनले  खराब शासकीय मानसिकताले मधेसका जनतामाथि विभेदपूर्ण व्यवहार हुने गरेको बताएका छन् ।
‘त्यसैले काठमाडौमा पानीको फोहोराले काम चलाउने प्रहरीले मधेसमा गोली प्रयोग गर्छन् । तर दोष प्रहरीको मात्रै कि हाम्रो गुलामी मानसिकताको पनि छ भनेर सोचौं’ मन्त्री यादवले लेखेका छन्,’।काठमाडौ संगको गहिरो सम्बन्ध तथा पैसाको तागतको सम्बन्धले मधेसमा प्रशासनले व्यबहार गर्ने गर्दछ्न।यहाँ राजनैतिक कर्मी  देखि  सञ्चारकर्मी होस् कि अन्य क्षेत्रमा ,प्रशासनले आफ्नो  वकालत गरिदिने पात्र खडा गरेको हुन्छ ‘
विचौलियाको कारण सामाजिक स्तरमा हुने मेलमिलाप प्रहरी कार्यालय केन्द्रित हुँदा न्याय सम्पादन प्रभावित भएको उनको तर्क छ । 
‘कसले कसलाई थुनाइ दिने ,मुद्दा  लगाइ दिने ,छोडाइ दिने,त्यसको तागतमा राजनीतिक गर्ने वा समाजमा कलह फैलाउने दलालको कमी पनि छैन’ भने लेखेका छन्,  ‘त्यसैले सामाजिक मुद्दाहरु जो पहिले पहिले गाउँमा नै बसेर हल हुन्थ्यो ,त्यो अब कम हुँदै गएर प्रहरी चौकीमा त्यसको मेला लाग्दछ । स्थानीय न्यायीक समितिको प्रभावकारिता देखिएको छैन ।यसको दोषी को, जिम्मा कसले लिने ? ।’
उनले  मधेसमा देखिएको डर लाग्दो परिस्थितिबाट मुक्ति पाउन देश र जनताको लागि अहोरात्र खट्ने संघसंस्था र राजनीतिक पार्टीहरु गम्भीर बन्नुपर्नमा जोड दिएका छन् ।
‘यहाँ बोल्नेको खैरियत हुदैन ।त्यसका विरुद्धमा मुद्दा  खोज्ने काम हुन्छन् ।प्रशासनले त्यसलाई इगनोर गरेर अपमानित गर्दा दलाल प्रवृत्ति का चाटुकारहरु आफ्नो भाउ बढेकोमा गर्व गर्दछन’ उनले भने ‘यो सामान्य देखिए पनि यसलाई हल्का ढंगले निरंतरता दिने हो भने समस्या दिन प्रति दिन जटिल बन्दै जाने कुरामा द्विबिधा पाल्नु मुर्खता हुन्छ ।हामी राजनीतिक ब्यक्ति ,दल ,सन्चारकर्मी,नागरिक समाज ,स्थानीय युवाहरु ,ब्यबसायीहरु सबै गम्भीर र संबेदनसिल हुनैपर्छ ।’
‘प्रहरीको गोलीबाट मात्रै होइन कि कुनै दिन भारतीय तस्कर / यहाँका तस्करको साठगाठबाट पनि मारिने खतरा बढने सम्भावना तर्फ बेलैमा सोच्न जरुरी छ।सिमा क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति हुने र असुरक्षा पनि त्यतिकै बढने परिस्थिति तर्फ गम्भीर हुन जरुरी छ” उनले भनेका छन् ।
उनले मधेस विरोधी मानसिकताको डरलाग्दो मार्ग चित्रको विकास भएको भन्दै सचेत गराएका छन् ।
‘राज्यको निकायले जनताको सेवक हौं भनेर सोच्ने र तदनुसार व्यबहार गर्ने हो भने धेरै कुरा को समाधान त्यहीँ बाट हुन शुरु हुन्छ।जनताको अपनत्व ,स्नेह बढदै बिश्वासको संकट हल हुँदै जान्छ’ उनले भनेक छन्  ‘तर,यहाँ राज्यको असमावेशी चरित्र ,सिंहदरबारका शासकको नियत मै समस्या छ।यसले रोग झन बल्झाउदै गइरहेको छ।अहिले झन दुइ ठुला दल नेपाली काङ्ग्रेस र नेकपा ( एमाले ) ले जनताको अधिकार खोस्न,लुटतन्त्र मच्चाउन ,ठुला ठुला भ्रष्टाचारका काण्ड ढाकछोप गर्न,मधेसमा थप आतंक मच्चाउन तथा मधेसी मुलका जनता ,नेताकार्यकर्ताको अपमान गर्न,मधेस भित्र थप जातीय बिग्रह चर्काउन  कै लागि  नीतिहीन गठबन्धन बनेको छ।’
त्यसको उदाहरण मधेसी मुलको मन्त्रीको बहिर्गमन र त्यस्तै प्रकृतिका ,त्योभन्दा पनि खराब प्रकृतिका मुद्दामा काङ्ग्रेस ,एमाले दुबै पार्टीको तर्फबाट मन्त्री रहेकाहरुको निरन्तरताले मधेसी अनुहार प्रतिको दृष्टिकोणलाई स्पष्ट गर्दछ।यो सब दीर्घकालीन योजना अनुरुप भइरहेको छ।’
 पूर्व मन्त्री यादवले राजगढका लालू प्रसाद यादवलाई प्रहरी नियन्त्रणमा लिएर हत्या गरेको आरोप लगाएका छन् ।
‘राजगढमा कुनै दोहोर भिडन्त भएको होइन ।मारिएका लालु प्रसाद यादवको साथबाट कुनै हतियार बरमाद गरिएको छैन ।नियन्त्रणमा लिएर मार्नु कुन कानूनले अधिकार दिन्छ ?उनी माथि लगाइएको आरोप यदि सत्य हो भने यतिका दिन सम्म उसले कसको आडमा धन्दा चलाएको थियो ? यसको जवाफ प्रहरीले दिन सक्छ त? प्रश्न गर्दै उनले लेखेका छन्,  “उसलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी प्रक्रिया बढाउन सकिन्थ्यो ।तर,मन मिले सत्कार नमिले बलात्कारको मुद्दा  बढे जस्तै यो हत्याकाण्ड पनि त्यसै मानसिकता को उपज होइन र? यो अत्यन्तै खतरनाक प्रवृत्ति र परिघटना हो।”
‘कुरा मिलेपछि त्यत्रो मलेठको गाजा काण्डलाई ढाकछोप गर्न सक्ने प्रहरी प्रशासनले लालु यादवलाई गोली ठोक्नुको कारण बारेमा सत्य तथ्य बाहिर आउनै पर्छ’ पूर्व मन्त्री यादवले सामाजिक संजालमा लेखेका छन् ।