रामनाथ यादव
राजविराज ,०७ साउन ।
बर्खा महिनामा खडेरी लागेपछि सप्तरीका किसानहरु सिंचाइको मार खेप्न बाध्य भएका छन् । लामो समय पानी नपर्दा सिंचाइ अभावले किसानहरु धानबाली लगाउन जटिल समस्या खेप्न बाध्य भएको हो ।
सिंचाइसंगै जनमजदुरकाे अभावमा किसानहरु अर्मपर्म गरी धान राेप्न बाध्य भएको राजगढ गाउँपालिका ३ का राजेन्द्र यादवले बताए । मजदुर अभावले आलोपालो गरेर खेती गर्दै आएको उनले जानकारी दिए ।
‘किसानहरुलाई खेती गर्न कहिले मलखादकाे अभाव , कहिले सिचाइकाे अभाव त कहिले जनमजदुरकाे अभावमा खेती गर्न वाध्य भएका छन्’ उनले भने,।’यहाँका प्रमुख खाद्यबाली धानवाली नै हाे । धानवाली लगाउने याम शुरु भएपनि खडेरीको कारण सिंचाइ समस्या , मजदुर र रासायनिक मलको आपुर्ति नहुँदा कृषक चिन्तित भएका छन् ।”
जेठको अन्तिम सातादेखि असार महिना वितिसकेपनि श्रावणकाे पहिलाे हप्ता वितिसकेपनि पानी नपर्दा माेटर पम्पिङ सेटकाे भरमा धान खेती गरिए पनि सिंचाइ अभावमा खेतमै सुख्न थालेको उनले बताए ।
सिंचाइ तथा मल अभावमा यसपाली धानको उत्पादन घटने महादेवा गाउँपालिका २ का किसान जगदीश राउतलाई चिन्ता व्यक्त गरे । उनले वेराेजगारीका कारण जनमजदुरहरु विदेश पलायन हुँदा
गाउँमा युवा जनशक्ति नहुँदा धान लगायत खेतीबाली लगाउन समस्या भएको बताए ।
सिंचाइ तथा मलखादको अभावले धानवाली लगाउने परम्परा हराउँदै गएको र खेती प्रति किसानहरुकाे मनाेवल घटन थालेका महादेवा गापा ३ अवरपुरका रामचन्द्र मण्डलले बताए । गोरु पाल्न छाेडि सकेपछि गाेरुकाे विकल्पमा ट्रयाक्टरवाट खेतबारी खनजोत गर्न थालेका तिरहुत गाउँपालिका डिमनका विष्णुदेव यादवले वताए । खेतीबाली लगाउन मजदुर नपाएर कृषि प्रति मनाेवल घटन थालेका तथा वाली लगाए पनि रोग किराले उत्पादन बढाउन चुनौती भएको कृषक महेन्द्र कुमार अधिकारीले वताए ।
सप्तरीमा तीन हजार ८८५ हेक्टरमा धान खेती योग्य जग्गा रहेको बताउदै कृषि ज्ञान केन्द्रका प्रमुख किसुनदेव राउतले ८५ प्रतिशत मध्य ३५ प्रतिशत मात्र राेपाई भएकाे बताए । यसपाली ४० प्रतिशत मात्र खेती हुन सक्ने अनुमान प्रमुख राउतले गरे । उनले वर्षा नभएका कारण राेपाईमा ढिलाई हुने वताए । गतवर्ष अहिलेसम्ममा धानखेती सम्पन्न भैसकेको किसान विरेन्द्र मण्डलले वताए ।