• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको समस्याग्रस्त क्षेत्रमा खानेपानी वितरण

सप्तरीको समस्याग्रस्त क्षेत्रमा खानेपानी वितरण
न्यूज टुडे
राजविराज, ०६ साउन । 
लामो खडेरीका कारण खानेपानी अभाव भाएको सप्तरीका विभिन्न स्थानमा मंगलबारदेखि मधेस प्रदेश सरकारले खानेपानी वितरण  सुरु गरेको छ । मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशन पछि प्रदेश सरकारद्वारा व्यवस्थापन गरिएको ट्याङकर / दमकलवाट खानेपानीको समस्या देखिएको स्थानमा वितरण कार्य सुरु गरिएको हो ।
प्रदेश सरकारको निर्देशनमा सप्तरीको रुपनी गाँउपालिका वडा नम्बर १ र २ मा खानेपानी वितरण सुरु गरिएको  जनाइएको छ । यसका अतिरिक्त राजगढ़ गाउँपालिका, अग्नीसाइर कृष्णासवरन गाउँपालिका, विष्णुपुर गाउँपालिका र सुरुङ्गा नगरपालिकामा पनि खानेपानी समस्या देखिएको वस्तीमा खानेपानी आपुर्ति गरिएको मुख्यमन्त्रीको प्रेस सल्लाहकार अवधेश कुमार झाले बताए । 
सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दहालको सवन्मय र नेपाली सेनाको सहयोग तथा स्थानीय पालिकाहरुको माँगका आधारमा खानेपानी आपुर्ति सुरु भएको उनले जानकारी दिए  । 
दमकल / ट्याङकर व्यवस्थापन गरेको प्रदेश सरकारका तर्फवाट त्यसमा लाग्ने खर्च समेत व्यवस्थापन गरुएको झाले बताए।  मुख्यमन्त्रीका प्रेस सल्लाहकार झाले पालिकाहरुमा सम्पर्क व्यक्ति तोकेर खानेपानीको समस्या देखिए प्रदेश सरकारलाई सम्पर्क गर्न समेत आग्रह गरे ।
लामो समयको खडेरी पछि सप्तरीमा पानीको श्रोत सुक्नथालेकाले खानेपानीको समस्या देखिएका छन् भने सिंचाइको अभावमा धान खेती लगाउन नपाउँदा  किसानहरु मारमा परेका छन् ।