• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजबाट ठुलोमात्रमा लागूऔषधसहित कार्की पक्राउ

राजविराजबाट ठुलोमात्रमा लागूऔषधसहित कार्की पक्राउ
न्यूज टुडे
राजविराज, ०५ साउन । 
सप्तरी सदरमुकाम राजविराज ७ स्थित राजंगशालाको भर्‍याङ मुनीको एक घरबाट ठूलो परिणाममा सोमबार लागूऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भर्‍याङ मुनी टहरामा बस्दै आएका बर्ष ५३ को नारायण बहादुर कार्कीलाई लागूऔषध गोटी र गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो । 
कार्कीले लागूऔषध विक्रीवितरण गरि कारोबार गर्ने गरेका छन् भन्ने विषेश सूचनाको आधारमा उनको शरीर तथा घर कोठामा खानतलासी गर्दा लागूऔषध गोटी तथा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार लुकाईछिपाई राखेको अवस्थामा क्याट लेखिएको झोला भित्र तथा ओछ्यान मुनिबाट स्पास्म प्रोक्सिभन प्लस ३८२ पिस क्याप्सुल, नाईट्राज्यापाम ट्याव्लेस आइपी १४९ पिस,नाईट्रोभेट -१०, १५४ पिस, विभिन्न कम्पनीका मोबाइल १३ सेट,सेतो कागजमा पुरिया बनाई राखेको लागूऔषध जस्तो देखिने पदार्थ ७९ पिस, ३११ ग्राम गाँजा,  दुई लाख ५० हजार ५ सय १० नेपाली र ६ हजार ३ सय ३० रुपैयाँ भारतीय रुपैयाँ फेला परेको छ ।
लागूऔषध सहित पक्राउ परेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा राखी सप्तरी जिल्ला अदालतबाट म्याद लिई आवश्यक अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।