उत्तम आचार्य
कन्चनरुप , २१ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उप सभापति एवम् प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेले ठुला दलले ठोस नीति ल्याउन नसकेकोले जनताको मर्मलाई बुझेर नयाँ पार्टी खोलेको बताएकान्ल छन् । सप्तरीको रुपनगरमा शनिबार आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले जनताको अपार मायाले पार्टी अगाडि बढी रहेको र रास्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएपछि ठुलो पार्टीका नेताहरू तिलमिलाएको बताए । हामी झुठा आश्वासन दिदैनौ हामीले तिरेको करबाट जनताले सरल तरिकाले सेवा सुविधा पाउनुपर्ने हाम्रो माग हो’ उनले भने ।
उपाध्यक्ष वाग्लेले पार्टी अध्यक्ष रवि लामिछानेलाई राज्यले प्रतिशोध साधेर थुनामा राखेको आरोप लगाउँदै दु:ख व्यक्त गरे।
फोहोरी दलका बिटुलिएका नेताहरुको फेरिपनी दौराको फेर समाउदै हिड्नु नपरोस भनेर अभियानमा हिडेको वाग्लेले बताए ।
पार्टीको प्रवक्ता एवम् सांसद मनिष झाले नेपालको सबै जिल्लालाई आँप खुवाउने सप्तरी जिल्लाको रुपनगरमा कार्यक्रम गर्न पाएकोमा खुशी व्यक्त गर्दै धेरै सम्भावना भएको जिल्ला भएर पनि पछाडि पर्नु अत्यन्तै दुःखद् पक्ष रहेको बताए । उनले सप्तरीको पहिचानको रुपमा रामराजा प्रसाद सिंह र गजेन्द्रनारायण सिंह रहेको चर्चा गर्दै यस्तो ठाउँमा आज किन भ्रमको राजनीति हुदैछ भनेर प्रश्न गरे ।
सहिद परिवारको जीवन स्तर उकास्नुको साटो भैंसी उपहार दिएर कसरी ठगी रहेकको टिप्पणी गर्दै उनले त्यस तर्फ हामीले बुझ्न जरुरी रहेको बताए ।
जिल्ला संयोजक अरुण कुमार देवको अध्यक्षतामा कार्यक्रममा केन्द्रिय सदस्य एवम् सांसद अशोक चौधरी , केन्द्रिय सदस्य डा . बिमल तिवारी , मधेस प्रदेशका सभापति एवम् केन्द्रिय सदस्य तपेश्वर यादव , केन्द्रिय सदस्य डा . नन्दन यादव लगायतका वक्ताहरूले मन्तब्य ब्यक्त गरेका थिए ।
जिल्ला स्तरीय भेलामा नेता शम्भु बहादुर खड्काले स्वागत राखेका थिए।