जसपा नेपाल सप्तरीका पूर्व उपाध्यक्ष एवम् थारु कल्याणकारीणी सभाका पूर्व केन्द्रीय सदस्य कन्तलाल चौधरीको निधन भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका ४ निवासी चौधरीको बिहीबार राती ९ बजे आफ्नै निवासमा ७० बर्षको उमेरमा निधन भएको हो ।
स्वर्गीय कन्तलाल चौधरी । फोटो : फायल
सडक दुर्घटनाबाट घाइते भइ लामो समय अस्पतालमा उपचार गरि १ बर्षदेखी घरमै रहेका चौधरीको अकास्मत स्वास्थ्यमा समस्या उत्पन्न भई निधन भएको परिवारजनले बताएका छन् ।
यसैगरी जनता समाजवादी पार्टी नेपालले नेता चौधरीको निधनप्रति गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । जनता समाजवादी पार्टी नेपालले नेता चौधरीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
जसपा नेपालका नेता दिनेश कुमार यादव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव, सचिव हरेराम यादव, अग्नीसाइर कृष्णासवन गाउँपालिकाका अध्यक्ष मिलन कुमार चौधरी लगायतका पार्टीका स्थानीय नेताकार्यकर्ताले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएपछि स्वर्गीय चौधरीको आफ्नै गाउँमा शुक्रबार अन्त्य्ष्टी गरिएको जनाइएको छ।
स्वर्गीय चौधरी २०७४ सालमा शम्भुनाथ नगरपालिकाको मेयर पदका निकटतम प्रतिद्वन्द्वीको रुपमा रहेका थिए । उनी थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य र जसपा नेपालका जिल्ला उपाध्यक्ष तथा विभिन्न संगठनमा रहेर सामाजिक रुपान्तरणका क्षेत्रम अतुलनीय योगदान गरेका थिए ।