न्यूज टुडे
कञ्चनपुर, १८ असार।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कञ्चनरुप शाखाले कञ्चनरुप नगरपालिकाका एक विद्यालयलाई १० थान पंखा हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वडा नम्बर–४ स्थित रहेको राष्ट्रिय आधारभूत विद्यालयलाई बुधबार बैंकद्वारा १० थान पंखा वितरण गरेको हो।
विद्यालय परिसरमा आयोजित एक कार्यक्रमको वीच प्रधानाध्यापक रामनारायण साहलाई उक्त पंखा वितरण गरिएको थियो ।
विद्यालयलाई पंखा हस्तान्तरण गर्दै सिटिजन्स बैंक लिमिटेड मधेश प्रदेश इलाका नं. १ का प्रमुख प्रकाश नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका विद्यार्थी र शिक्षकलाई सहज र शीतल वातावरण प्रदान गर्ने उद्देश्यले पंखा सहयोग गरिएको बताए ।
शाखा प्रबन्धक पारस चौधरीले गर्मीयाममा विद्यार्थीहरूको सिकाइमा सहजता ल्याउन पंखा सहयोग गरिएको बताए ।
“सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सिटिजन्स बैंकले समय समयमा यस्ता उदाहरणीय कार्यहरू गर्दै आएको छ,” उनले भने ।
कार्यक्रममा सिटिजन्स बैंक कञ्चनरुप शाखाका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको बैंकमा कार्यरत कर्मचारी जीवन यादवले बताए ।