सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ४ स्थित काेइलाडीमा आइतबार भव्यताका साथ २२ औ राष्ट्रिय धान दिवस ( असार १५ ) भव्यताकोसाथ मनाइएको छ । तिलाठी काेइलाडी गाउँपालिका कृषि विकास शाखा सप्तरीको आयाेजनामा तथा कृषि सहकारी संस्था लिमिटेडकाे कृषक समूहद्वारा एवम् चेतना समाज राजविराजकाे समन्वयमा राष्ट्रिय दिवस मनाएको हो ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित भुर्कीमा राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ गर्दै । फोटो : न्यूज टुडे
तिलाठी काेइलाडी गाउँपालिका ४ का वडा अध्यक्ष मुनिलाल मुखियाकाे अध्यक्षतामा आयोजित
कार्यक्रममा कृषि विकास शाखाका प्रमुख उदयकान्त झा,कृषि शाखा अधिकृत अशाेक मण्डल,कृषि प्राविधिक सहायक गाेविन्द राई, वडा नम्बर २ का अध्यक्ष कमल कुमार मण्डल ,४ नम्बरका वडा अध्यक्ष मुनिलाल मुखिया,५ नम्बर वडा अध्यक्ष ललन प्रसाद राउत,प्रशासन शाखा प्रमुख जिवछ मण्डल,विपद व्यवस्थापनका संयाेजक राजेश कुमार झा,चेतना समाजका अध्यक्ष राधावल्भलाल कर्ण,पशु विकास अधिकृत वद्री मंडल , प्राविधिक सहायक दिपेन्द्र यादव , अपाङ्ग संघका अध्यक्ष वलदेव मण्डल,सप्तरी एफएमका संचालक मनाेज कुमार मण्डल,एफएमका कार्यक्रम संचालक कमल कुमार मण्डल, उपस्थित थियो ।
‘वालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भरता मूल नाराका आयोजित कार्यक्रममा गाउँपालिकामा सक्रिय कृषक समूहहरुकाे सहभागीतामा रोपाइ गरेर तथा दही चिउरा खाएर राष्ट्रिय धान दिवस मनाइएको थियाे ।
यसैगरी सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित भुर्कीमा समेत राष्ट्रिय धान दिवस मनाइएको छ ।