• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

काममा फर्किए राजविराज नगरपालिकाका कर्मचारी

काममा फर्किए राजविराज नगरपालिकाका कर्मचारी
न्यूज टुडे
राजविराज,१२ असार ।
राजविराज नगरपालिकाका कर्मचारीहरु काममा फर्किने भएका छन् । नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति राजविराजकी अध्यक्ष कल्पना देवले  बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै  तत्काल काममा फर्किएको जानकारी गराएकी हुन्।
असार मसान्तमा भुक्तानीसहितका काम प्रभावित हुने भन्दै कार्यपालिकाको आग्रह बमोजिम शुक्रबार देखि  कर्मचारी काममा फर्किएको अध्यक्ष देवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रेस विज्ञप्तिमा साउनको पहिलो साता मागको सुनुुवाई गर्ने बिहीबार बसेको कार्यपालिका बैठकमा छलफल भएको तथा बैठकले कर्मचारीको मागलाई सकारात्मक रुपमा लिएकोले कर्मचारी तत्काल काममा फर्किन सहमत भएको जनाएको छ ।
‘कार्यपालिका बैठकमा हाम्रो जायज मागहरुप्रति दिईएको चासोप्रति यस ईकाइ समितिले सकारात्मक पहल भएको हाम्रो ठहर छ’  विज्ञप्तिमा भनिएको छ, ‘कार्यपालिका वैठक मार्फत गरिएको निर्णय वमोजिम साउनको पहिलो सातामा पुनः छलफल तथा सहमतिका आधारमा हुने गरी कानून बमोजिम जायज माग तथा क्षतिपुर्ति समेत पुरा गर्ने र दोषी माथि आवश्यक कारवाही गर्ने प्रतिवद्धता गरेको छ।’
नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति राजविराजका अध्यक्ष कल्पना देवद्वारा जारी विज्ञप्तीमा ”यस ईकाइ समितिद्धारा गरिएको सम्पूर्ण संघर्षका कार्यक्रमहरु असार मसान्तलाई मध्यनजर गरी तत्काल स्थगित गरिएको छ । कार्यपालिकाको निर्णय वमोजिम तोकिएको समयसिमा भित्र जायज माग¸ क्षतिपुर्ति तथा दोषी माथि कार्वाही नभए पुनः यस ईकाइ समितिको वैठक बसी संघर्षका कार्यक्रमहरु घोषणा गरिने छ ।’
राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादव समुहले कुटपिट, लुटपाट, दुर्व्यव्हार गरेको तथा संलग्न व्यक्तिहरुलाई कानूनी कारबाही, लुटिएको सम्पत्ति र घाइते कर्मचारीको उपचार खर्च उपलब्ध गराउन, सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै २ हप्तादेखी पेनडाउन गरि कर्मचारीहरु धर्नामा बसेका थिए ।