• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

स्कुटरले साइकललाई ठक्कर दिँदा चारजना घाइते

स्कुटरले साइकललाई ठक्कर दिँदा चारजना घाइते
न्यूज टुडे
राजविराज, ११ असार ।
कंचनपुर – फत्तेपुर सडकखण्ड अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका ६ परेमारामा बुधबार स्कुटरले साईकललाई  ठक्कर दिंदा दुईजाना घाइते भएका छन् । फत्तेपुरबाट कंचनपुर तर्फ जादै गरेको प्र१-०२ प ६१८६ नं.को स्कुटरले सोहि दिशा तर्फबाट आउँदै गरेको साइलकल यात्रीलाई ठक्कर दिदा उक्त दुर्घटना भएको हो । 
 साँझ १९:४० बजे भएको दुर्घटनामा  साइकल यात्री अन्दाजी बर्ष ५५ को लुटाई खंग घाइते भएका हुन् ।  खंगको  खुट्टामा चोट  लागेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । 
 दुर्घटनामा स्कुटर चालक जिल्ला सम्भुनाथ न.पा. ९ बस्ने बिजल चौधरीको छोरा अं. बर्ष २३ को अशोक चौधरी समेत घाइते भएका छन् । उनको अनुहार र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुबै जनाको धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको जनाइएको छ ।
यसैगरी पूर्ब पश्चिम राजमार्ग अन्तर्गत  सप्तरीको  कन्चनरुप नपा ११ स्थित  सिमरा चोकमा समेत स्कुटरले साइकललाई ठक्कर दिदा दुई जना घाइते भएका छन् । कंचनपुरबाट ठेलियातर्फ जादै गरेको प्र१-०१-००५ प ६५६४ नम्बरको स्कुटरले बाटो क्रस गरिरहेको साईकल यात्रीलाई  साँझ २०:०० बजे ठक्कर दिदा स्थानीय बर्ष ५५ को बिजय कुमार मण्डल  घाइते भएका छन् ।  टाउको र खुट्टामा चोट लागेको उनको धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा उपचार भई रहेको तथा अवस्था मध्यम रहेको प्रहरी बताएका छन् । 
स्कुटर चालकको तत्काल नाम थर वतन नखुलेको अन्दाजी बर्ष २५ को पुरुष व्यक्तीको अवस्था गम्भिर (बोल्न नसकिने)  भएकाले  उपचारको लागि बिराटनगर पठाईएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । 
दुर्घटना ग्रस्त स्कुटर र साईकल इप्रका ठेकिया सप्तरीको नियन्त्रणमा राखी घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।