• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

एसपी खतिवडाको सप्तरी बसाई : लागूऔषध नियन्त्रणमा ठुलो सफलता

एसपी खतिवडाको सप्तरी बसाई : लागूऔषध नियन्त्रणमा ठुलो सफलता
न्यूज टुडे
राजविराज, १०  असार । 
सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले सप्तरी बसाइको क्रममा कुख्यात लागूऔषध कारोवारी र लागूऔषध नियन्त्रणसहित विभिन्न उल्लेखनीय सफलता हाँसिल गरेको जनाएको छ । सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै एसपी खतिवडाको कार्यकालमा सम्पादन गरिएको महत्त्वपूर्ण एवम् उपलब्धिपूर्ण कार्य सार्वजनिक गरेको हो । 
अबैध लागूऔषध गाँजा ६ हजार ६ सय ६६ किलो ९२९ ग्राम,अबैध अन्य लागूऔषध ८ सय ७२ पिस,ब्राउन सुगर १.४ ग्राम नियन्त्रणमा लिएको, संलग्न ३५ जना पक्राउ गरि ३१ जनालाई लागूऔषध विरुद्ध मुद्दा चलाएको प्रहरी प्रबक्ता डिएसपी बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
यसैगरी ४ सय ४ जना फरार प्रतिवादी पक्राउ गरि सप्तरी जिल्ला अदालतमा पेश गरि २६ लाख ६१ हजार २ सय ५२ जरिवाना असुल,तथा कैद भुक्तानका लागि कारागार चलान गरिएको, अबैध भन्सार चोरी निकासी २ करोड ५८ लाख ६४ हजार ३० रुपैयाँ बराबरको सामान तथा सवारी साधन नियन्त्रणमा लिइ भन्सार कार्यालयमा दाखिला गरिएको र लागूऔषध तर्फ सवारी साधन १३ बटा र अबैध भन्सार चोरी निकासी तर्फ ४६ वडा सवारी नियन्त्रण लिएको विज्ञप्तिमा जनाइएको छ । 
स्थानीय तहहरुको सहकार्यमा जुनियर प्रहरी अधिकृत व्यारेक,प्रहरी हवलदार व्यारेक र प्रहरी जवान व्यारेकमा १० थान ए.सी जडान गरि संचालन ल्याएको, कार्यालय परिसर भित्र सेवाग्राहीहरुका लागि शौचालय निर्माण कार्य अन्तिम चरणमा रहेको, निवेदन /उजुरी  तथा सेवाग्राहीको सहजताको लागि स्थानीय सरकारसंग समन्वय गरि छलफलका लागि २ कोठे भवन निर्माण कार्य भइरहेको, सप्तरी उधोग वाणिज्य संघको सहकार्यमा प्रहरीलाई शुद्व खानेपानी खुवाउनका लागि ४ थान वाटर केन्ट संचालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
एपसी खतिवडाले सप्तरी प्रहरी प्रमुखको जिम्मेवारी पाएसंगै सप्तरीकै प्रहरी इतिहासमा ठूलो मात्रमा अबैध गाँजा नियन्त्रण गरि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ बस्ने कुख्यात लागूऔषध कारोवारी डन बुधन भन्ने  जोगानन्द मण्डल, डबल पैसा बनाउने ठगी गिरोहका नाइके तिलाठी कोइलाडी गाउँपालिका ६ का हनुमानी भन्ने राम बहादुर रजक लगायतका कुख्यात अपराधिलाई नियन्त्रणमा लिएर मुद्दा चलाएका थिए । 
लागूऔषध गाँजा तस्करीमा संलग्न मण्डललाई पक्राउ गरेपछि एसपी खतिवडा विवादमा तानिएका थिए । एसपी खतिवडा सप्तरी प्रहरी प्रमुखको रुपमा हाजिर भएदेखि लागूऔषध विरुद्ध एक्सनमा उत्रिएका थिए । 
उनको बागमती  प्रदेश प्रहरी  कार्यालय काठमाडौ सरुवा भएको छ भने सप्तरी प्रहरी प्रमुखको जिम्मा एसपी गौतम केसीले पाएका छन् ।