न्यूज टुडे
राजविराज,०८ असार ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा पत्रपत्रिकाका नाममा ४० लाखवढी रुपैयाँ अनियमितता भएको आरोप लागेपछि अख्तियारले जवाफ मागेको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनु र लेखापालसहितको मिलेमतोमा अनियमितता भएको भन्दै अख्तियरले छानविन थालेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीस्थित कार्यालयले गत १६ जेठमा नगरपालिकालाई पत्राचार गर्दै सो अनियमिततासम्बन्धी स्पष्टिकरण माग गरेपछि उक्त प्रकरण वाहिरी!को हो ।
प्रमुख प्रशासकीय अधिकृत सोनु ,आन्तरिक लेखा परिक्षक झनक कटवाल र लेखापालले जनचेतनामूलक विज्ञापनका नाममा पत्रपत्रिका तथा कन्टिजेन्सी शीर्षकबाट ४० लाख रकम खर्च गरेको र होटलहरूलाई गैरकानुनी रूपमा भुक्तानी दिएको आरोपको प्राप्त उजुरीका आधारमा छानविन थालेको अख्तियारको पत्रमा उल्लेख छ ।
अख्तियारले उक्त प्रकरणको यथार्थ विवरण, सो सम्बन्धी सम्पूर्ण कागजात र लिखित प्रतिक्रिया पेश गर्न नगरपालिकालाई निर्देशन दिएको छ। अख्तियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा १ को देहाय खण्ड (क) बमोजिम कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पार्दै नगरपालिकालाई जवाफ माग गरेको छ ।
नगरपालिका श्रोतका अनुसार जनचेतनामूलक संदेश विज्ञापनको सप्तरी जिल्लाका सिमित मिडिया तथा न्यूज एजेन्सीले अत्यधिक तथा उदयपुर, ओखलढुंगा, सुनसरी,सिरहा, काठमाडौ लगायतका पत्रपत्रिका तथा कन्टिजेन्सीलाई बढी भुक्तानी दिइएको पाइएको छ ।