• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

शैक्षिक जागरण अभियानमा जोडिदै बौद्धिक व्यक्तित्वहरु

शैक्षिक जागरण अभियानमा जोडिदै बौद्धिक व्यक्तित्वहरु
न्यूज टुडे
राजविराज, ०१ असार । 

इन्टेलेक्चुअल फाउण्डेशन नेपालमा एकपछि अर्को बौद्धिक व्यक्तित्व्हरु जोडिन थालेका छन् ।  शैक्षिक सुधार लागि फाउन्डेसनले चलाएको “शैक्षिक जागरण अभियानमा मविव.क्याम्पस राजविराजका प्रमुख डा. सुशील चन्द्र कर्ण अभियानमा जोडिएका हुन् । 

 शैक्षिक अभियानलाई सहयोग पुर्याउने उद्देश्यले राजबिराज नगरपालिका-५, निवास क्याम्पस प्रमुख डा. कर्ण फाउण्डेशनको आजिवन सदस्य बनेका हुन् । 
डा. कर्णलाई फाउन्डेसनका अध्यक्ष डा. सूर्याप्रसाद यादवले आइतबार आजिवन सदस्यता प्रदान गरे ।
डा. कर्णले शैक्षिक सुधारका लागि फाउन्डेसनले चलाएको अभियानले शैक्षिक क्ष्रेत्रमा नयाँ परिबर्तन ल्याउने विश्वासको व्यक्त गरे । उनले शिक्षा क्षेत्रमा देखिएका कमजोरीलाई सुधार्न सबैले आ-आफ्नो ठाउँबाट खबरदारी गर्नुपर्ने बताए ।