• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनागुनासो सुन्न नेता प्याकुरेलको घरदैलो अभियान

जनागुनासो सुन्न नेता प्याकुरेलको घरदैलो अभियान
उत्तम आचार्य 
कन्चनरुप ,  ३१ जेठ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल जनताका गुनासो र समस्या बुझ्न घरदैलो अभियानमा जुटेका छन् । कन्चनरुप १२ रुपनगर प्रगतीटोलमा शुक्रबार स्थानीयहरुसंग भेटघाट गर्दै उनले गुनासो र समस्याका बारेमा जानकारी लिएका हुन् । 
प्रगतीटोल बासीको तर्फबाट टोल सुधार समितिको अध्यक्ष हेम प्रसाद अधिकारीले शिक्षा , खानेपानी , सिंचाइ , बिजुली , सडक , स्वास्थ्य , खेलकुद जस्ता समस्या र गुनासो राखेका थिए ।
नेता प्याकुरेलले अधिकारीले राखेको गुनासोका बारेमा जवाफ दिदै सबै समस्याहरुलाई क्रमश सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालमा जति बिकासले गति लिएको छ त्यो एमालेको नेतृत्वमा बनेको सरकारको पालामा भएको दावी समेत गरे।
प्याकुरेलले एमाले बन्दुक बोकेर हिड्ने पार्टी नभएको भन्दै जनताको मन जितेर अगाडि बढने पार्टी रहेको बताए ।
प्याकुरेलले बेलुका ६ बजेदेखि ८ बजेसम्म जनताको टोलमा गएर निरन्तर जनताको गुनासो र समस्याका बारेमा जानकारी लिने समेत बताए । उनले पार्टीलाई सुदृढ र मजबुत बनाएर अगाडि बढ्न कार्यकर्तालाई सुझाव समेत दिए ।
प्रगतिटोल सुधार समितिका अध्यक्ष हेम प्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थोयो ।