न्यूज टुडे
राजविराज, २६ जेठ ।
इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले न्याय महंगो नहुने तथा विश्वास नटुट्ने गरि नागरिकको सेवामा समर्पित भएर प्रहरीले काम गरिरहेको बताएका छन् । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ स्थित इलाका प्रहरी कार्यालय महुलीमा सोमबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै डिएसपी काफ्लेले नागरिकको शान्ति सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको बताए । प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सुलभ सुविधाकोका लागि प्रहरीले नै निवेदन लेखीदिने गरेको उल्लेख गर्दै उनले यसले निवेदनकै लागि पैसा खर्च गर्नुपर्ने तथा अरुलाई पैरवी गर्नुपर्ने झन्झट न्यूनीकरण भएको विश्वास व्यक्त गरे ।।
‘महंगो न्याय नहोस् र नागरिकमा प्रहरीको विश्वास नहट्ने गरी सेवा प्रदान गर्नेतर्फ प्रहरीसजक छ । त्यसका लागि नागरिक स्तरबाट सहयोग समन्वय भइरहेको छ ‘ उनले भने, ‘प्रहरीबाट थप नागरिकले कस्तो अपेक्षा राखेको छ तथा नागरिकप्रति प्रहरीले पाएको दायित्वलाई अझ प्रभावकारी बनाउन कसरी सकिन्छ भन्ने कार्यक्रमको मुख्य उदेश्य हो।’
उनले नागरिक सुविधाका लागि इलाका प्रहरी कार्यालयमा परेको उजुरीहरु सेवाग्राहीलाई पायक पर्ने मातहतका प्रहरी कार्यालयमा छलफलका लागि पठाउने गरेको बताए ।
“कतिपय घटनाको आफै गएर अनुसन्धान गरिरहेको छु’, नागरिकमा न्याय पाउँछौं भनी प्रहरीप्रति विश्वास बढेको छ’ उनले भने, ‘नागरिक सुविधाका लागी उजुरीको गम्भीरता तथा प्रकृति हेरेर छलफलका लागी पायक पर्ने ठाउँमा पठाउँछौ । बास्ताविकता बुझेर मात्र मुद्दा दर्ता गर्छौ ।’
उनले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा तथा सडक सुरक्षा कायम गर्न सबैको समन्वय र सहकार्य अपरिहार्य हुने बताए ।
इलाका प्रहरी कार्यालयमा जनशक्ति र सवारी साधन अभावले प्रहरीले चाहेर पनि प्रभावकारी सेवा प्रवाह गर्न नसकेको स्थानीयले राखेको जिज्ञासाको जवाफ दिदै डिएसपी काफ्लेले सवारी साधन र थप प्रहरीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।।
इलाका प्रहरी कार्यालय कंचनपुरमा आव २०८१/०८० मा १ सय ४० दर्ता मुद्दा मध्ये:९५ फछ्र्यौट गरेको तथ्यांक प्रस्तुत गर्दै डिएसपी काफ्लेले निवेदनमा सहुलियत संगै उजुरी संख्या वृद्धि भएको बताए । उनले इलाका प्रहरी कार्यालय महुलीमा मात्र २ सय २२ उजुरी दर्ता भएको र १ सय ८९ फछ्र्यौट भइसकेको ३३ उजुरीमाथि सहमतिको प्रयास जारी रहेको जानकारी दिए ।
चोरीको घटना, लागूऔषध तथा घरेलुु मदिरा नियन्त्रणमा स्थानीयको भुमिका प्रभावकारी हुने उल्लेख गर्दै उनले समुदायको पहल तथा सहयोगमा प्रहरी परिचालन र सुरक्षा प्रदान गर्न सधै तत्पर रहेको बताए ।