जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष एवम् संगठन बिभाग प्रमुख डा. जयकान्त राउतले षड्यन्त्रकारीहरुको घेरावन्दीका बावजुद मिसन ०८४ को लक्ष्यमा जनमत पार्टी अगाडी बढिरहेको बताएका छन् । सप्तरी क्षेत्र नम्बर ४ बलान विहुलमा आइतबार पार्टीको राष्ट्रिय सवन्मय परिषद बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले यस्तो बताएका हुन् ।
प्रशिक्षण कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे
कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले जनताको आबाजवाट बुलन्द भएको जनमत पार्टीका विषयमा विरोधीहरुले भ्रम फैलाउने कार्य गरिरहेपनि जनताको साथ र प्रेमका कारण जनमत पार्टीको संगठन तिव्रताका साथ अगाडी बढीरहेको बताए । उनले भ्रष्ट प्रणालीलाई सुधार गरेर विकासको मुलप्रवाहलाई तिव्रताका साथ अगाडी बढाउनुपर्नेमा जोड दिए ।
अनुशासित र संगठित कार्यकर्ता नै संगठनको शक्ती स्रोत रहेको बताउँदै उनले ०८४मा तिनैतहको सरकारमा जनमत पार्टीको उपस्थिती मजवुत बनाउने गरी संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा वलान विहुल गाउँपालिका अध्यक्ष खेमचन्द यादव , प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष अवधेशकुमार झा, प्रचार प्रसार विभाग प्रमुख उपेन्द्र साह, जिल्ला इन्चार्ज रामगमन साह, पार्टी नेतृदय पिंकी भगत र प्रियंका कुमारी सन्त लगायतकाले मन्तव्य व्यक्त गरे ।