• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनमत पार्टी राष्ट्रकै नेतृत्व गर्न सक्षम छ : डा राउत 

जनमत पार्टी राष्ट्रकै नेतृत्व गर्न सक्षम छ : डा राउत 
न्यूज टुडे
राजविराज, २४ जेठ । 
जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष एवम् संगठन बिभाग प्रमुख डा.जयकान्त राउतले जनमत पार्टी राष्ट्रकै नेतृत्व गर्न सक्षम रहेको बताएका छन् । जनमत पार्टी राष्ट्रिय परिषद सवन्मय बैठक तथा प्रशिक्षण कार्यक्रम अन्तरगत राजविराजमा शनिबार आयोजित सप्तरी क्षेत्र नम्बर २ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले  यस्तो बताएका हुन् । 
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री यादव । फोटो : न्यूज टुडे
 मधेशमा मात्र नभइ हिमाल र पहाडमा पनि जनमत पार्टी तथा अध्यक्ष डा. सिके राउत प्रतिको  आकर्षण अझै बढेको बताउँदै  उनले आगामी निर्वाचनमा देशकै नेतृत्व लिने गरी संगठन निर्माणमा जुटन कार्यकर्तालाई आग्रह गरे।
कार्यक्रमलाई  सम्बोधन गर्दै डा. राउतले जनमत पार्टी प्रदेश सरकारमा सहभागी भएपछि विकासको नयाँ मार्गचित्र कोरिएको  दावी गरे । जनमत पार्टी अनुशासित र जनतासंग जोडिएको पार्टी भएको बताउँदै राष्ट्रिय परिषदका अध्यक्ष डा राउतले जनअपेक्षा अनुसार नै पार्टीको गतिविधी अगाडी बढीरहेको उल्लेख गरे। उनले  जनताका माग र अपेक्षा अनुरूप विकास कार्य अघि बढाउन प्रयत्नशिल रहेको बताए ।
जनमत पार्टीका मधेश प्रदेश संसदीय दलका नेता  एवम् पूर्वमन्त्री महेश प्रसाद यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रमले मधेशप्रदेशमा उत्साह थपिएको बताए।  प्रदेश सरकारको नीति तथा कार्यक्रममा जनताको माग र अपेक्षा समेटिएको दावी गर्दै उनले किसानदेखी डिजिटल मधेश सम्म र गुणस्तरीय शिक्षादेखी रोजगारको ग्यारेन्टी सम्मका कुरा नीति तथा कार्यक्रममा समेटिएको बताए।
उनले जनतासंग गरिएको प्रतिवद्धता पुरा गर्न प्रतिवद्ध रहेको भन्दै अधिकारको लडाई र विकासलाई संगसगै जोड्दै अगाडी बढिरहेकोले उच्च मनोवलका साथ संगठन निर्माणमा जुटन आग्रह ।
जनमत पार्टी राजविराज नगर अध्यक्ष प्रकास चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय प्रचार विभाग प्रमुख एवम् केन्द्रीय सदस्य ऋषिकेश ठाकुर, प्रदेश समिति सदस्यहरु पिंकी भगत, प्रियंका सन्त र मंजु चौधरी,जिल्ला इन्चार्ज रामगमन साहलगायतकाले मन्तव्य व्यक्त गरे ।