ट्राफिक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि “ट्राफिक जनचेतना मुलक सप्ताह कार्यक्रम २०८२” को उद्घाटन भएको छ। मधेश प्रदेश सरकारको गृह,सञ्चार तथा कानुन मन्त्रालयको आयोजना “ट्राफिक जनचेतना मुलक सप्ताह कार्यक्रम २०८२” को जनकपुरमा बिहीवार आयोजित एक कार्यक्रमको वीच उद्घाटन गरिएको हो ।
ट्राफिक सप्ताह २०८२ उद्घाटन समारोहमा सहभागी मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
मधेश प्रदेश सरकारका प्रवक्ता एवम् गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको अध्यक्षता तथा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको प्रमुख अतिथ्यतामा ट्राफिक जनचेतना मुलक सप्ताह कार्यक्रम २०८२” को उद्घाटन गरिएको थियो ।
सप्ताहब्यापी जनचेतनामूलक कार्यक्रममा बोल्दै मन्त्री लेखीले” काठमाडौ उपत्यका पछि अत्यधिक मात्रामा दुर्घटना मधेश प्रदेशमा हुने गरेको बताए । उनले ट्राफिक अनुशाशन तथा नियम सम्बन्धी शिक्षाको कमिले सवारी दुर्घटनाको घटनाहरु घट्ने भएको हुदा यस किसिमको जनचेतनामूलक कार्यक्रमको औचित्य बढेको उल्लेख गरे।
“युवा बिधार्थी भाईबहिनी हरुलाई मनोरन्जनात्मक क्रियाकलाप र कार्यक्रमसंगै यस किसिमका सचेतनामुलक कार्यक्रमहरुको महत्वपुर्ण भुमिका रहने भएको हुँदा ट्राफिक अनुशासन र नियम पालना सम्बन्धी शिक्षा जनस्तरसम्म पुर्याउनु पर्नेमा जोड दिदै उनले यसका लागि सबैपक्षलाई सहयोगी भुमिका निर्वाह गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल प्रहरी,जिल्ला ट्राफिक कार्यालयहरु, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।