• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नगरपालिका कर्मचारी एसोसिएसनद्वारा एघार दिने संघर्षका कार्यक्रम घोषणा

नगरपालिका कर्मचारी एसोसिएसनद्वारा एघार दिने संघर्षका कार्यक्रम घोषणा
न्यूज टुडे
राजविराज, २१ जेठ ।
नेपाल नगरपालिका कर्मचारी एसोसिएसन इकाई समिति राजविराज नगरपालिकाद्वारा विभिन्न ११ बुँदे माग राखी एघार दिने संघर्षका कार्यक्रम घोषणा गरेको छ । कर्मचारी एसोसिएसनद्वारा बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जेठ २२ गतेदेखि असार १ गतेसम्मको विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । 
नगरपालिका कर्मचारी एसोसिएसन इकाई समिति राजविराजका अध्यक्ष कल्पना देवद्वारा जारी प्रेस विज्ञप्तिमा करार सम्झौता  सम्बन्धि निर्णय विपरीत करार सेवा भङ्ग सम्बन्धि पत्र सामाजिक संजालमा सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएको छ । विज्ञप्तिमा करार भङ्ग सम्बन्धि पत्रप्रति घोर निन्दा व्यक्त गर्दै अविलम्ब फिर्ता गर्नुपर्नेसहितका ११ बुँदे माग गरिएको छ ।
संघर्षका कार्यक्रम अन्तर्गत पेनडाउन गर्ने,प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा तालाबन्दी गर्ने, अतिआवश्यक सेवा बाहेकका वडा तहसम्म कामकाज ठप्प पारी धर्ना बस्ने रहेका छन् । 
पहिलो चरणको संघर्षबाट सुनुवाइ नभए थप  संघर्षका कार्यक्रम घोषणा गरि सशक्त आन्दोलनमा उत्रिने नगरपालिका कर्मचारी एसोसिएसनद्वरा जारी प्रेस विज्ञप्तिमा चेतावनी समेत दिइएको छ । 
एसोसिएसनद्वारा जारी प्रेस विज्ञप्तिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्थित सबै राजनीतिक दल, नेपाल पत्रकार महासंघ शाखा सप्तरी र राजविराज नगरपालिकाका सम्पूर्ण वडा कार्यालयलाई बोधार्थ दिइएको छ ।